रामेछाप । सदरमुकाम मन्थलीसंगै जोडिएको विटारपार्कले निर्माण समिति, स्थानीय सरकार र जिल्लाका मन्त्रीहरुलाई गिज्याएको छ । बजेटको अभावमा निर्माणाधीन पार्कको काम अधुरो बसेर पार्क भित्रका संरचना झाडीले छोपिएपछि त्यहाँको दृश्य र अवस्थाले सत्तासिन मन्त्रीहरु र स्थानीय सरकारहरुलाई गिज्याएको हो ।
सदरमुकामसँगै जोडिएको जिल्लाको पहिलो सुन्दर पार्कको रुपमा पहिचान बनाएको विटार पार्क भित्र निर्माण गरिएको मनमोहक चिज बस्तुहरुको दृश्यावलोकन गर्नक ालागि जिल्लाको अवलोकन गर्न र काम विशेषले मन्थली आउने सबैखाले मानिसहरु पुग्ने गरेका छन् । पार्कमा रहेको सगरमाथा हिमाल, सुन्धारामा रहेको पुरानो ९ तले धरहरा, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा, बालवालिकाहरुका लागि खेल्ने खेलौना, चिप्लेटी र पिङ सेल्फीटावर, महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक, ढुङ्गामा कुँदिएको सुन्दर गोर्खाली खुकुरी, त्यहाँ रहेका फिेनेस सामाग्रीहरु अवलोकन गर्न, खेल्न र रम्न आउनेहरुका लागि रोजाइको विषय हुन् ।
पार्कका विकासका लागि सरकारी क्षेत्रबाट सोचेजति सहयोग पाउन नसकेकाले हामीले अपेक्षाकृत काम गर्न नसकेको पार्क निर्माण समितिका अध्यक्ष सुनिल रायले बताए । उनले भने कोरोना र अविरल वर्षाका कारण पार्कमा आउनेहरुको संख्या घटेको र वर्षादसँगै हुर्किएको झाडीका कारण त्यस्तो देखिएको भएपनि समितिले पार्कमा आउनेहरुका लागि थप वातावरण बनाईरहेको छ ।
रामेछाप नगरिपालिका ८ को विटारमा रहेको उक्त पार्कले स्थापना कालदेखि नै सकरात्मक चर्चा कमाएको थियो । जसकाकारण पार्कको अवलोकनका लागि ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । तर अहिले भने पार्कमा उम्रिएको झाडीले त्यहाँको असली सुन्दरतालाई नै ढाकी दिएको छ ।
सकरात्मक सोच भएका रामेछापका सहयोगी मन (रासम) का युवाहरुले आरम्भ गरेकोे पार्कको उद्घाटन निर्वतमान प्रदेश अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले गरेका थिए । सो अवसरमा उनले पार्क निर्माणको कामको प्रंशंसा गर्दै, पार्कको निर्माणलाई आपूmले पनि गति दिने घोषणा गरे । मन्त्रीको आश्वाशन र आप्mनो क्रियाशीलताबाट हौसिएको पार्क निर्माण समितिलाई निर्माण गर्नका लागि आवश्यक बजेटको अभाव भएको पनि अध्यक्षले बताए । उनले भने– हामीले पार्कको ओभेललाई झर्न दिनु हुदैन भन्ने मान्यताका साथ काम गरिरहेका छौ ।



