Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नगरले एम्बुलेन्स दिए पछि वडावासी दंग

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
नगरले एम्बुलेन्स दिए पछि वडावासी दंग
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप नगरपालिकाले खरिद गरेर दिएको एम्वुलेन्स गाउँमा पुगेपछि वडाबासीमा खुशियाली छाएको छ । वडामा एम्वुलेन्स नहुँदा विरामी भएका नागरिकहरुले उपचारको लागि अस्पताल जान समस्या झेल्दै आएका थिए ।

रामेछाप नगरपालिकाले भन्सार छुट सहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैयाँ रकम खर्चेर मंगलबार वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरका लागि एम्बुलेन्स हस्तान्तरण गरेको हो । नागरिकहरुले अव बिरामी पर्दा उपचारको लागि अस्पतालसम्म सहजै जान पाउने भएका छन् ।

उक्त एम्वुलेन्सको साँचो रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगर र उप–प्रमुख सृजना खड्काले सयुक्तरुपमा वडा नं १ का वडा अध्यक्ष नरवहादुर थापामगर र वडा नं ५ का वडा अध्यक्ष भिमवहादुर तामाङ्गलाई हस्तान्तरण गरेका हुन् ।
वडा कार्यालयमा एम्वुलेन्स नहुँदा गाउँमा विरामी परेको बेला, भाडाका सवारीसाधनमा वा बोकेकै भरमा विरामीलाई अस्पतालसम्म लैजानु पर्ने वाध्यता बाट मुक्ती मिलेको वडा नं ५ का वडा अध्यक्ष भिमवहादुर तामाङ्गले बताए ।

गाउँमा गम्भिर प्रकृतिका विरामी भएमा ती विरामीको उपचारको लागि अस्पतालसम्म लैजान यसअघि डोको, ओलिनकाठको प्रयोग गरिदै आएका थियो । पछि गाउँमा सडक संचालनमा आएपछि महङ्गो मूल्य तिरेर भाडाका गाडिमा विरामीलाई अस्पतालसम्म लैजानु पर्ने वाध्यता थियो । बिरामीका आफन्तले पैसा तिर्छु भन्दा पनि भनेको समयमा यातायातका साधनहरु गाउँमा पाउन नसक्दा उपचार बिना नै अकालमा धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको पिडावाट अब मुक्ती मिलेको रामेछाप नगरपालिका वडा नं १ का वडा अध्यक्ष नरवहादुर थापामगरले जानकारी दिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत छ-नगरप्रमुख बस्नेत

Next Post

कामभन्दा घाम प्यारो, कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्गलाई

Next Post
कामभन्दा घाम प्यारो, कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्गलाई

कामभन्दा घाम प्यारो, कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्गलाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...