Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कामभन्दा घाम प्यारो, कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्गलाई

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
कामभन्दा घाम प्यारो, कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्गलाई
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । कार्यालयमा दैनिक काम लिएर जाने सेवाग्राहीको बेवास्ता गर्दै कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ्ग दैनिक सरकारी पोशाकमै घाम तापेर दिन कटाउने गरेकी छिन् । कार्यालय समयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्नुपर्नेमा त्यसको वेवास्ता समेत गर्ने गरेकी छिन् ।

 कार्यालयमा पुगेका सेवाग्राहीलाई वेवास्ता गर्ने र नागरिकसँग भेटघाट नगर्ने र झर्कने जस्ता कार्यहरु यसअघि पनि पटक–पटक गर्दै आएको गुनासो कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले गर्दै आएका थिए । प्रमुख गुरुङ्ग दैनिक रुपमा घाम तापेर बस्ने र सेवाग्राहीको गुनासो समेत नसुन्ने गरेको सेवा लिन पुगेका सेवाग्राहीहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा वुधवार प्रमुख गुरुङ्ग सँग परामर्श लिन पुगेका रामेछाप नगरपालिका वडा नं २ देउरालीका कृषकहरु प्रमुखले नभेटेपछि त्यतिकै घर फर्किएका छन् । कार्यालय परिसरवाट बाहिरिदै गरेका कृषकहरुले आफुहरु धानवाली, तरकारी लगाएतका वालीहरुमा लागेको रोग र त्यसको निधानको बिषयमा जानकारी लिन आउँदा प्रमुख गुरुङ्गले भेट नै नदिई बरण्डामा घाम तापेर बसेकाले आफुहरु विना परामर्श खाली हात फर्किएको रामेछाप नगरपालिका वडा नं २ देउरालीका अशोक मगरले जानकारी दिए ।

उनले भने– कृषि ज्ञान केन्द्रले सिफारिस गरेको धान खरिद गरेर लगेको धानको बीउँ खेतमा लगाउँदा धानको वाला मात्रै भएको र दाना नै लागेन । यता खेत तथा वारीमा लगाइएको तरकारीमा रोगले क्षती पुगेपछि सरकारी अनुदान मिल्छ की मिल्दैन भन्ने बिषयमा प्रमुखलाई नै भेटेर कुराकानी गर्न आएका थियौ । प्रमुख गुरुङ्गले हामी किसानहरुलाई भेट नै नदिई घाम तापेर बसेपछि आफुहरु त्यतीकै फर्किएको कृषक मगरले गुनासो गरे ।

कृषकहरु कार्यालयबाट बाहिरिएसँगै उक्त कार्यालयमा भएगरेका कामहरुको सूचना लिन पुुगेका संचारकर्मीहरु पुग्दा पनि प्रमुख गुरुङ्ग घाम नै तापेर बसेकी थिइन । संचारकर्मीहरुले केही सूचना आवश्यक परेकाले भेट गर्न आएको भन्दा उनले आफु एकछिन घाम तापेर बस्ने भन्दै कार्यकक्षमा समेत पस्न नमानेको मेरो प्रदेशका प्रधान सम्पादक दीपक भट्टले जानकारी दिए ।

उनले भने– नागरिकले तिरको करको पैसाले तलव भत्ता खाएर नागरिकहरुको काम नै नगरि दैनिक घाम तापेर बस्न प्रमुख गुरुङ्गलाई लाज लाग्नुपर्ने हो । यता जिल्लाका सरकारी कार्यालयको नियमित अनुगमन गर्ने तालुके अड्डा जिल्ला प्रशासन कार्यालयले पनि सरकारी कार्यालयको नियमित अनुमगन गर्न नसक्दा कार्यालय प्रमुखहरु र कर्मचारीहरुको ज्यादती बढ्दै गएको भट्टले बताए ।

कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीको काम नै नगरि कार्यालय प्रमुख दैनिक घाम तापेर बस्नु नितान्त घृणित काम भएको नागरिक समाजका अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले भने– एउटा सरकारी कार्यालयको प्रमुख सेवाग्राहीको काम रोकेर घाम तापेर बस्नु भनेको रामेछापका आम नागरिकहरु माथि गरेको अपराध हो । यसबिषयमा नागरिकहरुले खबरदारी गर्नुपर्ने र तालुके सरकारी कार्यालयले आवश्यक कारवाही गर्नुपर्ने ढुंगेलले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नगरले एम्बुलेन्स दिए पछि वडावासी दंग

Next Post

छ्र्योतेन गुम्बाको उद्घट्न

Next Post
छ्र्योतेन गुम्बाको उद्घट्न

छ्र्योतेन गुम्बाको उद्घट्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.