रामेछाप । ज्यान मार्ने मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँडादेवी गाँउपालिका १ पिपलबोट घरभएका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङ समेत रहेका छन् ।
उनीहरुले काभ्रेको तेमाल गाउँपालिका ९ बस्ने २९ वर्षीय निखिल भन्ने तिर्थमान दोङ (तामाङ)लाई पुरानो रिसिबीले धारीलो हतियार प्रहार गरेर निर्मम तरिकाले हत्या गरेका थिए ।
सोपछि कर्तब्य ज्यान मुद्दामा फरार रहेका अन्दाजी ६५ वर्षीय ज्ञानबहादुर तामाङ र ४७ वर्षीय जयराम तामाङ् छुट्टा-छुटै स्थानबाट पक्राउ परेका हुन । उनीहरु मध्ये एक जना शुक्रबार र अर्को शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।
प्रहरी निरिक्षक ढुङ्गानाका अनुसार ज्ञानबहादुर तामाङलाई राकाथुमबाट र जयराम तामाङ्लाई काभ्रे प्रहरीको सहयोगमा धुलिखेलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएको छ ।
उनीहरु बिरुद्ध गत २०६६ असोज १८ गते काभ्रेको मेच्छेपौवा गा.वि.स. वडा नं ९ बस्ने पृथीमान दोङले जाहेरी दिएका थिए ।