Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हजार बाट अर्ब बन्यो पूँजी

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
हजार बाट अर्ब बन्यो पूँजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । एघार हजार पूँजीबाट सुरु भएको एक सहकारी हाल अर्बौ पुँजीको भएको छ । तामाकोसी सेवा समितिका ११ जना कर्मचारी एवम् स्वयमसेवकहरूले एक–एक हजार उठाएर सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको पूँजी १ अर्ब नाघेको संस्थाको २४ औँ साधारण सभामा संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवेदीले बताए ।
असार मसान्त सम्मको उक्त सहकारीको कुल पुँजी ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० थियो । संस्थाले गत आर्थिक वर्षमा ५८ लाख १४ हजार ८ सय ६२ रुपैया नाफा कमाएको संस्थाका कोषाध्यक्ष टिका भट्ट बताउँछन् ।


मन्थली वचतले तामाकोशी सेवा समिति सँग मिलेर तामाकोशी सहकारी अस्पताल समेत चलाएको छ । मन्थली बचतले सोही अस्पताल मार्फत आफ्ना सेयर सदस्यहरूलाई उपचार शुल्कमा १५ प्रतिशत छुट साथै सदस्य मृत्यु राहत समेत उपलब्ध गराउँदै आएको छ ।हाल सहकारीले एम्बुलेन्स खर्चमा छुट दिँदै आएको र अब सहकारी आफैले छिट्टै एम्बुलेन्स सेवा संचालन गर्ने संस्थाका सचिव गोविन्द प्रसाद घिमिरेले बताए ।


जिल्लाको पहिलो नंबरको यस सहकारीमा १४ हजार भन्दा बढि शेयर सदस्यहरू छन् । मन्थली नगरपालिकाको १४ वटै वडा, रामेछाप नगरपालिकाको ४ वडा, लिखुतामाकोशी गाउँपालिकाको ४ वडा र खाँडादेवी गाउँपालिका २ वडा यस संस्थाको कार्यक्षेत्र रहेको छ । साहित्यकार स्व.जगदिश घिमिरेको तामाकोशी सेवा समिति जन्माउने परिकल्पना सफल भए पश्चात मन्थली वचत तथा ऋण सहकारी संस्था लि.को जन्म भएको हो । २०५० सालमा अनौपचारिक वचत समुह गठन भए पनि २०५४ साल देखि मन्थली बचत तथा ऋण सहकारी संस्था दर्ता भई सञ्चालनमा आएको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

निजी क्षेत्र र सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छः नगर प्रमुख वस्नेत

Next Post

मन्थली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

Next Post
मन्थली बचत तथा ऋण सहकारी संस्थाको  अध्यक्षमा  घिमिरे

मन्थली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.