मन्थली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे


मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४ औँ साधारणसभाले गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व गठन गरेको छ ।

जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः चन्दा खड्का, हिमाल ढुंगेल र टीकाप्रसाद भट्ट रहेका छन् । सर्वसम्मत रुपमा भएको उक्त समितिका सदस्यहरुमा क्रमशः महेश घिमिरे, गौतमकुमार श्रेष्ठ, नविन के.सि. र नानीमैया माझी रहेका छन् । साधारणसभाले टंकप्रसाद दाहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । 

तपाईको प्रतिकृया दिनुहोस्