Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निजी क्षेत्र र सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छः नगर प्रमुख वस्नेत

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
निजी क्षेत्र र सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छः नगर प्रमुख वस्नेत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले निजी क्षेत्र र सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । मन्थल वचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दैै नगर प्रमुख वस्नेतले नगरको समृद्धि चाहने हो भने सहकारी र नीजि क्षेत्रहरुले उत्पादकत्व क्षेत्रको लगानीमा जोड दिनुपर्ने बताए । खाद्यन्न तथा तरकारीमा मात्रै आत्मा निर्भर बन्न सके पनि नगरको समृद्धि धेरै सहयोग पुग्ने उनले बताए । त्यसका लागि कृषि र सहकारीहरुले कृषि उपज र पशु उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ ।
यदि त्यसो हुन सकेन भने हामीले लिएको नीतिले मात्रै विकास र समृद्धि हासिल गर्न नसकिने नगर प्रमुख वस्नेतले बताए । राज्यको तीन खम्बे अर्थ नीति अन्तर्गतका सरकार, नीजि क्षेत्र र सहकारीको योगदान विना मुलुकको समृद्धि र विकास हुनै नसक्ने उनले बताए ।
अहिले मन्थली नगरपालिकामा कुल १०९ वटा सहकारी संस्थाहरु रहेकोमा ५३ वटा मात्रै नगरपालिकामा सूचीकृत भएको नगर प्रमुख वस्नेतले बताए । नगरको शिक्षा सुधार गर्न सके नगरको विकास र समृद्धिमा थप सहयोग पुग्ने समेत उनले बताए । राजधानी र तराई क्षेत्रको नजिक पर्ने मन्थली नगरपालिका पहाडी जिल्लाका नागरिकहरु समेत यस नगरपालिका भएर आवत जावत गर्ने भएकोले नगरभित्रको शिक्षामा सुधार गर्न सके अन्य जिल्लाका मानिसहरुको समेत बसाबास हुने भएकोले विकास र समृद्धिमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । नगरपालिका कृषियोग्य जमिनमा घर, आवास बनाउन नदिने गरी भू–उपयोग नीति पनि चाँडै ल्याउन लागेको वस्नेतले बताए । नगरको आगामी हिउँदे अधिवेशन मार्फत उक्त नीति ल्याइने उनले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थलीमा मनमोहन अधिकारीको पूर्ण कदको सालिक (फोटो फिचर)

Next Post

हजार बाट अर्ब बन्यो पूँजी

Next Post
हजार बाट अर्ब बन्यो पूँजी

हजार बाट अर्ब बन्यो पूँजी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.