रामेछापबाट प्रदेशसभाको सांसद रिता माझी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य बनेकी छिन् ।राप्रपा र राप्रापा नेपालको एकता महाधिवेशनबाट माझी केन्द्रीय सदस्य बनेकी हुन्। प्रदेश नम्बर ३ बाट प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माझी सांसद बनेकी थिईन् । रिता माझी माझी समुदायबाट पहिलोपटक सांसद बन्ने एक मात्र भाग्यमानी महिला हुन् । रामेछाप मन्थली नगरपालिका वडा नम्बर–८ गाईखुराकी माझी –पञ्चकन्या बाल क्लब, सिन्धुलीको, सचिव, कोषाध्यक्ष, २०६३ सालदेखि नेपाल माझी महिला उत्थान संघको केन्द्रीय सदस्य, २०६५ सालदेखि माझी जागरण केन्द्रको सहसचिव, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संघीय परिषद सदस्य, २०७० सालको संविधानसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. ३ बाट प्रत्यक्ष उमेदवार, २०७३ सालमा नेपाल माझी महिला उत्थान संघको केन्द्रीय अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय सदस्य, २०७४ देखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय सहसचिव, २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट मन्थली नगरपालिकाको उपमेयरको उमेदवार बनेर राप्रपामा क्रयाशिल भूमिकामा छिन् ।