रामेछाप । रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा प्रथम रामेछाप जिल्ला फुटबल लिग हुने भएको छ । फुटबल लिग मंसिर २३ गते देखी २५ गते सम्म चल्ने आयोजकले बताएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । साथै खेल अवधि भर खेलाडीहरुको एक लाखको बिमा गरिदिने पनि बासु फुयालले जानकारी दिए ।
खेलमा प्रथम हुनेले एक लाख एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछ । द्वितिय हुनेले ७५ हजार एक सय ११ रुपैयाँ, तृतिया हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ र सान्त्वना हने टिमले २० हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै प्रथम, द्वितिय र तृतिय हुने टिमले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले घोषणा गरेको हो । खेलमा उत्कृष्ठ खेलखेल्ने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । खेलको लागि आवश्यक सबै तयारी सकिएको आयोजकले जनाएको हो ।
३ दिन सम्म चल्ने प्रतियोगिता मन्थली नगरपालिका स्थित् दुई खेल मैदानमा खेलाईने आयोजकको तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । खेल कुनौरी खेल मैदान र हाटेचौर खेल मैदानमा खेलाईने छ ।
२३ गते उत्घाटन हुने खेलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङ्ले उद्घाटन गर्ने छन् ।