रामेछाप । नेपाली काँग्रेस रामेछापकी नेतृ विनिता खड्काले राजनीतिलाई समाजसेवा बनाउने बताएकी छन् । सानै उमेरदेखि समाज सेवामा लागेकी खड्काले नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिको केन्द्रमा समेत राम्रो पकड बनाएकी छन् । सानै उमेरमा राजनीतिमा सफलता प्राप्त गर्न सफल खड्काले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी समेत घोषणा गरेकी छन् ।
नेपाली काँग्रेसको जारी १४ औँ माधिवेशनमा खसआर्य महिलातर्फ खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
उम्मेदवारी घोषणाको क्रममा खड्काले पुरानो पुस्ताको सम्मान गर्दै नेपाली काँग्रेस अब युवा पुस्ताले हाक्ने बताइन । काँग्रेसमा सधै पुरानो पुस्ताले नेतृत्व गर्दा गति लिन नसकेको भन्दै काँग्रेस पार्टीलाई नयाँ गति प्रदान गर्न पुरानो पुस्ताकै साथ सहयोगमा आपूmले उम्मेदवारी दिएको बताइन ।
पार्टीलाई नयाँ गति दिन नेपाली काँग्रेसमा अग्रजहरुले योजना र भिजन कार्यान्वयनको लागि युवाहरु पनि नेतृत्वमा पुग्न आवश्यक भएकाले आपूmले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको नेतृ खड्काको भनाई छ ।
नेपाल विद्यार्थी संघबाट काँग्रेस राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनबाट महिलातर्फ सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन ।
खड्काले राजनीतिसँगै समाजिक तथा समाजसेवामा समेत राम्रो पहिचान बनाएकी छन् । नेतृ खड्काले गृहजिल्ला रामेछापका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोषाक वितरण गरेर शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्दै आएकी छन भने अन्य जिल्लाहरुमा समेत सामाजिक कार्यमा पहिचान बनाएकी छन् ।