निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रामेछापको अध्यक्षमा कर्कलादेवी बोर्डिङ स्कुलका प्रिन्सिपल केशव तिमल्सिना (अमोल) चयन भएका छन् ।
प्याब्सन रामेछापको पाँचौ जिल्ला अधिवेशनले कर्कलादेवी बोर्डिङ स्कुलका प्रीन्सिपल तिमल्सिनाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । प्याब्सन रामेछापको उपाध्यक्षमा हस्तबहादुर लामा, सचिवमा उद्दव घिसिङ, कोषाध्यक्षमा पार्वती पाठक र सदस्यहरूमा अनिल श्रेष्ठ, नारायण कार्की चयन भएका हुन् ।
प्याब्सन रामेछापले सल्लाहकार समितिमा ढाल विक्रम कार्की, दिपक खड्का र धनलाल योञ्जनलाई चयन गरेको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दीपक प्रसाईलाई चयन गरेको छ ।





