Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जगदीशको सम्झनामा साहित्य

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
जगदीशको सम्झनामा साहित्य
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । शनिवार तामाकोशी सेवा समितिको प्राङ्णमा नेपालका मुर्धन्य साहित्यकारहरु जम्मा भएर साहित्यकार जगदीश घिमिरेलाई सम्झिएका छन् ।
जगदीश घिमिरे प्रतिष्ठानको आठौ स्मृती सभा तथा साहित्य सम्मेलनमा सहभागी भएका श्रष्टाहरुले आ–आफ्नो रचना र कविताबाट स्वर्गीय जगदीश घिमिरेलाई सम्झीएका हुन् । अन्र्तमनको यात्रा, साविती,लगाएत आधादर्जन भन्दा बढी पुस्तक प्रकाशन गरेर साहित्यमा मदन पुरस्कार समेत प्राप्त गर्न सफल घिमिरेले साहित्य संगैे जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा पनि सम्मेलनमा चर्चा गरिएको थियो ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले प्रमुख अतिथिको आसनवाट बोल्दै साहित्य तथा सामाजिक क्षेत्रमा जगदीश घिमिरेले पुर्याएको योगदानको प्रशंसा जति गरेर पनि नसकिने बताए । उनले जगदीश साहित्यकार मात्र नभएर सामाजिक अभियान्त र राजनितिक विश्लेषक समेत रहेको पनि बताए ।
प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको उक्त साहित्यीक सम्मेलनमा साहित्कारहरु नवराज रिजाल, अशोक सिलवाल, चन्द्र वानिया, कविहरु सुवेत सत्याल, मिना चौलागाई, पेशल आचार्य, डा. सुमन कर्माचार्य, केशव अनमोल, धन योन्जन, वद्री नयाँघरे, रमेश ढुंगेल,उद्धव घिमिरे,अनिता मगर, प्रकाश परिष्कार लगाएतले आआफ्नो रचना मार्फत कार्यक्रमलाई रोचक र घोचक बनाएका थिए ।
सम्मेलनमा कथाकार ध्रुव सापकोटालाई प्रतिष्ठान द्धारा हरेक वर्ष प्रदान गरिदै आएको ५१ हजार धनराशीको जगदीश घिमिरे पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रममा रामेछाप जिल्लाको विकासमा जगदीशको योगदान विषयक निवन्ध प्रतियोगीताका विजयी बालबालिकालाई पुरस्कार तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
यसरी पुरस्कृत तथा सम्मानित हुनेहरुमा तामाकोशी बोडिङ्ग स्कुलकी छात्रा प्रथमा श्रेष्ठ प्रथम, सेतीदेवी माविकी छात्रा प्रदिक्षा घिमिरे द्धितिय र भिमेश्वर रुद्र मावि चिसापानीकी छात्रा दिपीका ढुुंगेल तृतीय भएकी थिइन भने मावि मन्थलीकी देवीका घिमिरे र लिट्टिलस्टार अंग्रेजी स्कुलकी जयन्ती मानन्धधरले सान्तवना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको धनराशी क्रमशः १० हजार, ८ हजार, ७ हजार रहेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके मात्र सम्बृद्धि सम्भब छ-ढकाल

Next Post

नेपाल शिक्षक संघ गोकुलगंगाको अध्यक्षमा घिमिरे

Next Post
नेपाल शिक्षक संघ गोकुलगंगाको अध्यक्षमा घिमिरे

नेपाल शिक्षक संघ गोकुलगंगाको अध्यक्षमा घिमिरे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.