Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके मात्र सम्बृद्धि सम्भब छ-ढकाल

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके मात्र सम्बृद्धि सम्भब छ-ढकाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके मात्र सम्बृद्धि सम्भब हुने बताएका छन् । उनले त्यसका लागि आफु आबश्यक बाताबरण बनाउन् तयार रहेको बताएका छन् । उनले रामेछापको ठोसेमा रहेको पुरानो फलामखानीको उत्खन्न र व्यवस्थापनको वारेमा विभिन्न क्षेत्रवाट कुरा आइरहेको प्रसङ्ग कोट्याउँदै ढकालले त्यसको प्रर्बद्धन र विकासका लागि पनि निजी क्षेत्रको लगानी जुटाउन आफु लागी पर्ने पनि बताए । त्यस्तै जिल्लामा जुनार व्यवसायका कारण किसानहरुमा निराशा छाएको सूचना आफुले पाएको बताउँदै ढकालले जुनारको संरक्षण र सम्बद्र्धनका लागि पनि वाणिज्य संघले उचित पहल गर्ने आश्वासन पनि उनले दिए ।
सो कुरा उनले शनिवार रामेछाप उद्योग वाणिज्य संघको मन्थलीमा सम्पन्न १३ औं बार्षिक साधारणसभा उद्घाटनका क्रममा बताएका हुन् । प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी भएका ढकालले निजी क्षेत्रको बिकास बिना मुलुकको विकास अधुरो रहने भन्दै त्यसका लागि स्थानिय सरकारसँग समन्वय गरी उद्योग वाणिज्य संघ अघि बढन तयार रहेको पनि उनले बताए ।
स्थानिय सरकार संगको सहकार्यमा काम गर्नका लागि मन्थली नगरपालीकाका प्रमुखको आव्हानले आफु प्रभावित भएको भन्दै लगानी मैत्रीको सवालमा आफ्नो चित्त बुझेको पनि बताए । कार्यक्रममा केन्द्रिय कार्य समितिका कार्यकारिणी सदस्य डिबी वस्नेत, श्रीकृष्ण बैद्य र रामेश्वर मानन्धरले रामेछाप उद्योग वणिज्य संघको साधारणसभाको शुभकामना दिदै महांसघ मार्फत जिल्लामा पनि निजी क्षेत्रमा लगानी गर्ने वातावरण निमार्ण गर्न आग्रह गरेका थिए ।
साधारणसभाका विशिष्ट अतिथि समेत रहेका मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले अगुवा व्यवसायीहरुलाई नगरको उत्पादनसँग सहकार्य गर्न आग्रह गरे । उनले भने– व्यापार गरेर पैसा कमाएर मात्रै त्यसको संस्थागत विकास हुन सक्दैन । त्यसका लागि स्थानिय सरकारसँग सहकार्य गर्दै व्यवसायीक प्रयोजनको कामहरुलाई आपसी समझदारीमा अघि वढाउन नगरपालिका तयार छ ।
कार्यक्रममा थाहा नगरपालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेपाली काँग्रेसका कार्य समिति सदस्य नवराज घिमिरे, नेकपा एमालेका प्रकाश कार्की, एनेकपा माओवादीका प्रतिनिधि दीपक प्रसाई, नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे र उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कडेँल (शर्मा) लगाएतका वक्ताहरुले संघको १३ वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभामा महासचिव नवराज ढुंगेलले संस्थाले गत वर्ष गरेको प्रगती र भावि कार्यक्रमका बारेमा पनि जानकारी गराएका थिए । उद्घाटन सत्रपछि भएको बन्द सत्रमा विभिन्न ्

साधारणसभामा संस्थाका पूर्व अध्यक्षहरु पशुपति वहादुर खड्का, श्याम थापा पूर्व महासचिव जेएन दाहाल, वरिष्ठ उपाध्यक्ष नवीन थापामगर, सदस्यद्धय सुमिका श्रेष्ठ र द्रोणप्रकाश केसीलाई प्रमुख अतिथि ढकालले सम्मान गरेका थिए । संस्थाका महासचिव नवराज ढुंगेलले संचालन तथा संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष पवनकुमार कठायतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ंसंस्थाले हाल सम्मको सबै खर्च कटाएर ४२ लाख नगद संस्थाको खातामा भएको जानकारी गराएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको अध्यक्षमा पुनः श्रेष्ठ

Next Post

जगदीशको सम्झनामा साहित्य

Next Post
जगदीशको सम्झनामा साहित्य

जगदीशको सम्झनामा साहित्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.