Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

जनता भ्वाइस by जनता भ्वाइस
January 11, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै देशभरका सबै विद्यालयहरुमा वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरेको छ । १२ देखि १७ वर्ष उमेरका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन समेत मन्त्रालयले अभिभावकहरूलाई अनुरोध गरेको छ ।

विदाको समयमा विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउन समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘विदाको अवधिमा विद्यालयहरूको सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुनेगरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न समेत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली मेयर कपको उपाधि १ नं. वडाको पोल्टोमा

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने

Next Post
पूर्वराजा ज्ञानेन्द्र शाह  सिंहदरबार जाने

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...