Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युवाको काँधमा रामेछापको एमाले

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
युवाको काँधमा  रामेछापको एमाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप , २६ पुष। नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  शुक्रबारदेखि  मन्थलीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले पाँच पदाधिकारी सहित ९० सदस्यिय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जिल्ला कमिटीको अध्यक्षमा आनन्दकुमार श्रेष्ठ निर्विरोध चयन भए भने बाँकी पदाधिकारी तथा सदस्यहरुमा निर्वाचन भएको छ ।

जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया र दुई उपसचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित भएका छन्  । खुल्ला सदस्यमा उज्ज्वल सुवेदी, रत्नप्रसाद कडेल, पुष्कर कार्की, आङछिरिङ लामा, सुजन कार्की, दीपेन्द्र कुमार कार्की, शेरबहादुर तामाङ,विनोद फुयाल, रामप्रसाद देवकोटा, सूर्य माझी, जय गुरुङ, शिव न्यौपाने र शिवहरी उप्रेति निर्वाचित भएका छन् ।

महिला सदस्यमा राधिका खड्का, सुनिता सुनुवार, मखमली श्रेष्ठ, इन्दीरा बुढाथोकी, दीपा पाख्रीन, भगवती चौहान, कालिका मानन्धर र दीपा कार्की निर्विरोध चयन भए भने भूगोलतर्फ सुनापति गाउँपालिकाबाट रविन्स लामा, सुकराम ग्यापक, रवि तामाङ र चक्रवर्ती लामा निर्विरोध चयन भए । महिलामा बिमला ग्यापक र कमला शर्मा क्षेत्री निर्विरोध चयन भए ।

दोरम्बा शैलुङ गाउँपालिकाबाट मिलन कुमार घिसिङ, गंगाबहादुर तामाङ, कुमार कडेल र दानबहादुर थापामगर र महिला तर्फ जानुका चौलागाई र सुभद्रा कडेल पाठक निर्वाचित भएका छन् । यस्तै, खाँडादेवी गाउँपालिकाबाट असलसिं तामाङ, तेजबहादुर बोहोरा, भक्तबहादुर श्रेष्ठ, राजेश कार्की निर्वाचित भएकाछ भने महिला तर्फ रमा घिसिङ र अनिता तामाङ राइ निर्वाचित हुनुभएका छन् । उमाकुण्ड गाउँपालिकाबाट निमा शेर्पा, श्यामकुमार तामाङ, अम्रीत बहादुर कार्की र गम्बु शेर्पा र महिला तर्फ लिलामाया सुनुवार निर्वाचित भए ।

गोकुलगंगाबाट भोला खड्का, महेशलाल प्रधान, नवराज खड्का र कृष्णप्रसाद घिमिरे र  महिलातर्फ राममाया सुनुवार र मन्जुमाया कार्की पनि निर्विरोध चयन भए । यस्तै लिखुतामाकोशीबाट शेर बहादुर थापा, आशबहादुर तामाङ, सम्बरबहादुर बोहोरा र रविन्द्र पौडेल निर्वाचित भए भने रजिना बुढाथोकी र शुसिला थापा निर्विरोध चयन भए । यस्तै रामेछाप नगरपालिकाबाट उमेशविक्रम थापा, विमलकुमार कठायत, रामबहादुर बुढाथोकी र सीता कुमारी खत्री र  महिलाबाट बिन्दा घिमिरे र तारा रैकामगर भण्डारी जिल्ला कमिटी सदस्य बने ।

मन्थली नगरपालिकाबाट दीनेश सुवेदी, अमित कार्की, राजेश श्रेष्ठ र अम्बीकाप्रसाद भट्टराई निर्वाचित र महिला तर्फ शान्ता न्यौपाने सुवेदी र इश्वरी बस्नेत जिल्ला सदस्य बने। यस्तै समावेशी जनजाति तर्फ मोतीलाल तामाङ, युनिक विफा घिसिङ, पदम कुमार लामा र सोमबहादुर तामाङ निर्वाचित भए ।  समावेशी जनजाति महिला तर्फ निडोमा शेर्पा र पासाङ डोल्मा लामा निर्वाचित भए । समावेशी उत्पीडित तर्फ घनश्याम सार्की, सिताराम लोहार र गोपाल नेपाली दर्जी निर्वाचित भए । महिला तर्फ रेणुका खाती र कमला बराल सदस्य बने । समावेशी अल्पसङ्ख्यक तर्फ बलबहादुर माझी र काजिराम सुनुवार र  महिला तर्फ हर्कमाया माझी जिल्ला सदस्य बनेका छन् । त्यस्तै मजदुरतर्फ कुमार ढुंगेल खत्री निर्विरोध जिल्ला कमिटी सदस्य बने । निर्वाचन समितिले सपथग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिसकेको जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एमाले अधिवेशनः पत्रकार घिसिङले जिते, सत्याल हारे

Next Post

‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण तयारी

Next Post
‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण तयारी

‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.