‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण तयारी


काठमाडौं ।  सुकुमारद्वारा निर्देशित चलचित्रको दोस्रो संस्करणका निर्माणका लागि निर्माताहरू तयार भईसकेका छन् । निर्माताहरूले फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’ बनाउँदैछन् ।

समाचारअनुसार फिल्मको सिक्वेलका लागि रश्मिकाले आफ्नो पारिश्रमिक १ करोड बढाएकी छन् । उनले ‘पुष्पाः द राइज’मा दुई करोड पारिश्रमिक लिएकी भए पनि अब एक करोड बढाएर तीन करोड लिँदैछिन् । निर्माताहरूले पनि उनको निर्णयमा सहमती दिई सकेकाछन् । रश्मिकाको फिल्मी करियर यो पारिश्रमिक अहिलेसम्मकै सर्वाधिक बढी हो ।

सिक्वेलको आगामी फेब्रुअरीबाट नै सुटिङ सुरु हुँदैछ । फिल्म सन् २०२२ को अन्त्यसम्ममा रिलिज  हुनेछ । रश्मिकाले सिद्धार्थ मल्होत्राका साथमा फिल्म ‘मिसन मजनू’बाट बलिउडमा डेब्यु गर्दैछिन् । उनी बलिउड फिल्म ‘गुडबाय’को हिस्सा पनि हुँदैछिन् ।

अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट  भइसकेको छ । फिल्मले बक्स अफिसमा पैसा संकलनको काम गर्दैछ । पेन इन्डियाको यो चलचित्रलाई भारतभर रुचाइएको छ ।

तपाईको प्रतिकृया दिनुहोस्