Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आउँदैनन् बिरामी अस्पतालमा

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
आउँदैनन् बिरामी अस्पतालमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । जिल्लामा सेवा सुविधा सम्पन्न अस्पताल भए पनि उपचारका लागि बिरामी भने अस्पताल जाँदैनन् । भौतिक संरचनादेखि बिरामीको लागि आवश्यक शान्त, सफा वातावरणसहित सुविधा सम्पन्न अस्पताल तयार भएको छ तर, जिल्लाभित्रकै बिरामीहरु त्यहाँ पुग्न भने सक्दैनन् । अस्पताल कोल्टो ठाउँमा बनाईदा बिरामीहरू निःशुल्क सेवाबाटै बञ्चित भएका छन् ।


रामेछाप जिल्ला अस्पतालले धुलिखेल अस्पतालले दिदै आएका जस्तो सेवा प्रदान गर्न सक्षम भएको अस्पतालका डाक्टरहरु बताउछन् । आफ्नै जिल्लामा सुविधा सम्पन्न अस्पताल हुँदा समेत मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका स्थानीय जिल्ला बाहिर उपचार गर्न जाने गरेको सरोकारवालाहरू बताउछन् ।


मन्थली नगरपालिका स्थित तामाकोशी सामुदायिक अस्पताल, रामेछाप सामुदायिक अस्पताल, साहारा सामुदायिक अस्पताल, मन्थली पोलिक्लिनिक र प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीले पनि नागरिकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न नसक्दा बिरामीहरु बाहिरी जिल्लामा धाउदै आएका छन् । यता जिल्ला अस्पताललाई बिरामी नपाएर अस्पताल सञ्चालन गर्नै धौ–धौ छ भने बिरामी उपचारका लागि अन्यत्र जाने गर्छन् । सुविधाको हिसाबले सम्पन्न भएपनि बिरामीले सेवा नपाउनुमा सडकको मुख्य कमजोरी रहेको अस्पताल प्रशासनको भनाई छ । दिनमा बिहान एक चोटी मन्थलीबाट अस्पताल सम्म एक सवारी साधन मात्रै नियमित रुपमा आउने हो भने सेवामा सहजता हुने अस्पताल प्रशासनको भनाई छ ।


एचआइभी एड्स् परीक्षण तथा सुझाव, मेडिको लिगल सेवा, क्षयरोग तथा कुष्ठरोग उपचार सेवा, सुरक्षित गर्वपतन सेवा, अस्पताल फार्मेसी, खोप सेवा, मातृशिशु स्वास्थ्य तथा परिवार नियोजन सेवा, प्रसुति सेवा, इसिजी, यू.एस. जी, एक्सरे सेवा, बिरामी भर्ना, प्रयोगशाला, निदानात्मक, आकस्मिक सेवा, आँखा उपचार, मुख तथा दन्त सेवा र सामान्य जाँच सेवा दिदै आएको अस्पतालले चाडै डाईलसिस् सेवा, ब्लड बैंक स्थापना गर्ने तयारी गरेको छ। ।


अस्पताल पूर्वधारमा बलियो भैसकेकाले यहाँको सेवा सुबिधालाई प्रचारप्रसार गरी धेरै भन्दा धेरै नागरिकको सेवा गर्ने योजना अस्पताल प्रशासनको रहेको छ । जिल्लाका पालिकाहरुसँग छलफल गरी सेवा विस्तार गर्ने बताइएको छ । अस्पतालले आँखा सम्वन्धी सबै उपचार समेत सुरु गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण तयारी

Next Post

मगर महिलाको भब्य माघी

Next Post
मगर महिलाको भब्य माघी

मगर महिलाको भब्य माघी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.