Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोहोरो सरकारी बजेट एकै आयोजनामा (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
दोहोरो सरकारी बजेट एकै आयोजनामा (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप जिल्लाका स्थानीय तह र समाजिक संघसंस्थाले अदालतको आदेशसमेत नमानेको फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सुनापति गाँउपालिका वडा नं– २ दिमिपोखरीमा सञ्चालन भएको खानेपानीको योजना दोहरो परेपछि फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले जिल्ला अदातलमा हालेको मुद्धा पछि अदालतले दिएको काम रोक्ने सम्बन्धी आदेश सुनापती गाउँपालिका वडा नं– २ दिमिफोखरी र सामुदायिक विकास समाज (सिडिएस) ले अवज्ञा गरेको सो खानेपानी तथा सरसफाई समितिका अध्यक्ष बेनबहादुर थापामगरले बताए ।
संघीय सरकारको २०७१÷७२ देखि सो योजनाका लागि बजेट परेर काम भैरहेको तर सामुदायिक विकास समाजले पनि हुँदै नभएको पाकुर खोलाको मुहान दर्ता गरी गोठपानी खोला (फलाटे गैरा खानेपानी योजना संञ्चालन हुन लागेको मुहान) बाटै योजनाको काम गर्न लागेपछि सो उपभोक्ता समितिले जिल्ला अदातल रामेछापमा २०७८ पुष १३ गते मुद्धा दर्ता गराएको थियो । उक्त मुद्धा दर्ता भएपछि दुबै पक्ष बीच छलफल नगरुन्जेलसम्म काम रोक्न आदेश दिएको थियो । त्यसपछि यहि पुष २५ गते दुबै वादी र प्रतिवादीको आआफ्नै दावी सुनिसकेपछि अदालतले पुनः पेशी तोकेर फैसला नहुन्जेलसम्मका लागि काम रोक्ने यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु भन ेपनि उक्त सामुदायिक विकास समज मन्थली मार्फत सञ्चालित योजनाको उपभोक्ता समितिका मानिसहरुले धमाधम काम गरिरहेको शनिवार पत्रकार सम्मेलनको अयोजना गरी उक्त समितिका अध्यक्ष थामापगरले जानकारी दिए । ४ करोड २९ लाखको आयोजनाको दोस्रो चरणको काम चलिरहेको पनि थापामगरले जानकारी दिए ।
स्थानीय रणबहादुर मगरलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर यहि पुष ६ गते पाकुर खोला मुहान दर्ता गरी ७५ लाखको योजनाको काम सामुदायिक विकास समाजले सुरु गराएको थियो । यस बारेमा सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङसँग आपूmले समन्वय गरेर काम गर्न अनुरोध गर्दा उहाले स्वीकार गर्नु भएपनि उक्त दोहोरोपनाको काम अझै नरोकिएको पनि अध्यक्ष मगरले पत्रकार सम्मेलनका अवसरमा जानकारी गराएका हुन् । योजना सम्पन्न भएपछि दिमीपोखरीको साविक वडा नं १, २, ३, ४ का २३४ घरधुरी लाभान्वित हुने गरी सुरु भएको हाल दोहोरोपना परेको गोठपानी खोलाको मुहानबाट २०४४ सालदेखि त्यहाका स्थानीयले खानेपानी ल्याएर खाने गरेका थिए । अदालतले दिएको आदेशलाई नमान्ने उक्त सामुदायिक विकास समाजलाई पुनः आइतवार अवहेलनाको मुद्धा उक्त समितिले जिल्ला अदातल रामेछापमा दर्ता गराएको पनि अध्यक्ष मगरले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भत्काईयो बिपि सालिक परिसर, बनाईयो पार्किङ ???

Next Post

लब बने कांग्रेस रामेछापको कोषाध्यक्ष, बन्यो ११ उप समिति

Next Post
लब बने कांग्रेस रामेछापको कोषाध्यक्ष, बन्यो ११ उप समिति

लब बने कांग्रेस रामेछापको कोषाध्यक्ष, बन्यो ११ उप समिति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.