Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भत्काईयो बिपि सालिक परिसर, बनाईयो पार्किङ ???

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
भत्काईयो बिपि सालिक परिसर, बनाईयो पार्किङ ???
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । वर्षौ देखि जिर्ण अवस्थामा रहेको जन नायक विश्वेश्वरप्रसाद कोइराला (विपि कोईराला) को सालिक परिसर पार्किङ स्थल बनेकोछ । लामो समय सम्म जिर्ण बनेको विपिको सालिक तथा परिसरलाई मर्मतकालागि मन्थली नगरपालिकाले बजेट व्यवस्थापन गरेर काम सुरु त गर्यो, तर कामको जिम्मा पाएको संयोजक राजकुमार श्रेष्ठको समितिले सालिक परिसर भत्काएर उसै छाडिदियो । अहिले सो स्थानमा विभिन्न सवारी साधन पार्किङ स्थल बन्यो ।
कार्तिक महिनामा नै मर्मतका लागि समिति बनिसकेको भए पनि अहिले सम्म विपीको सालिक झनै कुरुप बनाएर राखिनुले जन नायक विश्वेश्वरप्रसाद कोइरालाको बलिदानीको धज्जी उडाएको सरोकारवालाहरू बताउछन् ।आफू नेतृत्वमा आउँन अधिवेशनमा दिल खोलेर पैसा खर्च गर्न पछि नपर्ने रामेछाप कांग्रेसका नेताहरुले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा आफ्नो पार्टीका संस्थापक नेता बीपी कोइरालाको जिर्ण बनेको सालिक देखेनन् र बजेटका लागि स्थानिय सरकारको मुख ताके । मन्थली नगरपालिकाले पनि आफ्नो काम कर्तब्य ठानी १५ लाख रुपैया बजेट बिनियोजन गरिदियो, तर अझै पनि विपीको सालिकको मुहार फेरिएन । बरु झनै कुरुप बन्यो । सालिकवरिपरि सवारी साधनले विश्राम स्थल पाए ।
काँग्रेस रामेछापका सचिब दिपक खड्काका अनुसार सालिक संरक्षणका जिम्मेवारी पाएकाहरुले काम गर्न ढिलाई गर्दा सालिक अव्यवस्थित बनेको हो । ढिलाई हुनुको कारण भने आफूलाई जानकारी नभएको खड्काले बताए ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व लिएका विपीलाई नेपालका सबैजसो नेताहरु राजनितीक गुरुको रुपमा मात्र मान्दैनन् , बामपन्थी नेताहरुले समेत प्रेरणाका पर्यायका रुपमा लिने जननायकको सालिकको यो अवस्था हुनुको दोष रामेछाप कांग्रेसको भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउछन् । रामेछाप कांग्रेस दोषी भए पनि अहिले मर्मतको जिम्मा पाएको समितिले यो कामलाई काम नसम्झेर कर्तब्य सम्झिनु जरुरी छ ।
यो सालिकको संरक्षण तथा व्यवस्थापनका लागि नेता रामकृष्ण खड्काकाको अध्यक्षमा बीपी प्रतिष्ठान पनि बनाइएको छ ।तर बीपी प्रतिष्ठान आफै निष्कृय बन्दा सालिकको कन्तबिजोग भएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मगर महिलाको भब्य माघी

Next Post

दोहोरो सरकारी बजेट एकै आयोजनामा (भिडियो सहित)

Next Post
दोहोरो सरकारी बजेट एकै आयोजनामा (भिडियो सहित)

दोहोरो सरकारी बजेट एकै आयोजनामा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.