Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लब बने कांग्रेस रामेछापको कोषाध्यक्ष, बन्यो ११ उप समिति

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
लब बने कांग्रेस रामेछापको कोषाध्यक्ष, बन्यो ११ उप समिति
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेस रामेछापले कोषाध्यक्षमा लब बहादुर थापामगर चयन गरेको छ। साथै कांग्रेस रामेछापले बिभिन्न उपसमिती बिस्तार गरेको छ । रामेछाप नगरपालिका–३ साँघुटारमा बसेको नेपाली कांग्रेसको सोमबार बसेको चौथो बैठकले कोषाध्यक्ष लगाएत बिभिन्न उपसमिति बिस्तार गरेको हो ।
सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) बैठकमा निर्वाचित जिल्ला कार्य समिति सदस्य मध्येबाट लब बहादुर थापामगरको नाम कोषाध्यक्षमा प्रस्ताव गरेपछि जिल्ला कार्यसमितिले अनुमोदन गर्दै सर्वसम्मतिले कोषाध्यक्ष चयन गरेको जिल्ला सचिव दीपक खड्काले जानकारी दिए । थापामगर नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा भूगोल अन्तरगत दोरम्बा गाउँपालिकाबाट खुल्ला जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै काँग्रेस जिल्ला कार्यसमिति बैठकले विभिन्न क्षेत्र हेर्ने गरी उपसमिती समेत गठन गरेको छ । बैठकले उपसमितिको संयोजक चयन गर्दै केही सदस्य समेत तोकिएको पार्टी सचिव दीपक खड्काले जानकारी दिए । खड्काका अनुसार जिल्ला प्रशिक्षाण शाखाको संयोजकमा जिल्ला पार्टी उपसभापति नवराज थोकर चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा ढाकाल बहादुर थापा, अनुशासन समितिको संयोजकमा कमल प्रकाश सुनुवार,संगठन शाखाको संयोजकमा सिताराम कार्की, विकास शाखाको संयोजकमा गुञ्जबहादुर कार्की, प्रचार प्रसार शाखाको संयोजकमा हिमाल ढुंगेल, अभिलेख शाखाको संयोजकमा सुमन्त कुमार कार्की, जिल्ला सम्पर्क समितिको संयोजकमा घनश्याम श्रेष्ठ, कार्यक्रम तथा सम्मन्वय शाखाको संयोजकमा कमन खड्का (दिपेन्द्र), युवा तथा खेलकुद शाखाको संयोजकमा जित बहादुर कटुवाल र बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजकमा चिना कार्की चयन भएका छन् ।
त्यस्तै सभापतिले तीन जनालाई आंमन्त्रित जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । सभापति तामाङले नवराज ढकाल, तोप बहादुर थापा र मन्जुदेवी पुर्वेलाई आंमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोहोरो सरकारी बजेट एकै आयोजनामा (भिडियो सहित)

Next Post

माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य

Next Post
माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य

माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.