४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ


उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना र १० दिन कैद तोकिएका तोरण बाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो ।


हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी रामेछापबाट खटिएको टोलीले आज दिउसो काठमाडौंबाट रामेछाप आउदै गर्दा बिशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।


रामेछाप जिल्लाको सुनापती गाउपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौ बस्ने ४४ वर्षीय श्रेष्ठलाई रामेछाप प्रहरीले आज पक्राउ गरेको हो ।


प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए ।
फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई सम्मानित रामेछाप जिल्ला अदालतमा पेश गरिएको।

तपाईको प्रतिकृया दिनुहोस्