१९ माघ, रामेछाप । रामेछाप जिल्ला सहकारी संघ रामेछापको अध्यक्षमा हिमाल ढुङ्गेल सर्वसम्मत चयन भएका छन् ।
सहकारीको चौथो जिल्ला वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले ढुङ्गेलको अध्यक्षमा नौं सदस्यीय संचालन समिति गठन गरेको छ । संघको उपाध्यक्षमा श्याम थापा, सचिवमा नवीन (केसी) घिमिरे , कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठले , सदस्यमा दिलिपकुमार भण्डारी, चन्द्र मानन्धर, सावित्रा केसी, लक्ष्मी कार्की (बुढाथोकी), मेनुका खड्का (महत) चयन भएका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजक मा छत्रविर श्रेष्ठ र सदस्यहरूमा घना श्रेष्ठ र रवीन्द्र कुमार श्रेष्ठ चयन भएका छन् ।