Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्थानिय तहको निर्वाचन पर धकेल्ने षड्यन्त्र भएको एमाले रामेछापको आरोप

जनता भ्वाइस by जनता भ्वाइस
February 18, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
पुरा भयो एमाले रामेछापको अधिवेशनको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

०३ फागुन, २०७८ ।

वर्तमान परमादेशी गठबन्धन सरकारको पछिल्ला गतिविधीले स्थानिय तहको निर्वाचन पर धकेल्ने षड्यन्त्रको आभास हुन लागेकोले स्थानिय तहको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्ने वातावरण बनाउन नेकपा एमाले रामेछापले माग गरेको छ । प्रेस विग्यप्ती जारी गर्दै एमाले रामेछापले यस्तो माग गरेको हो ।  वर्तमान गठबन्धन सरकारले आफ्नो निहित स्वार्थसँग जोडेर स्वतन्त्र न्याय पालिका माथि गरिएको ठाडो हस्तक्षेप, प्रधानन्यायधिस माथिको महाभियोग लगाएत महंगी भष्ट्रचार, बढ्दो सामाजिक विभेद, राज्यद्धारा सृर्जित विभिन्न घटनाहरुको निन्दा र भर्त्सना गर्दछ- विज्ञप्तीमा छ।

नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक एवम् प्रशिक्षण फागुन १ र २ गते  मन्थलीमा सम्पन्न भएको बैठकले म जिताउछु मेरो वडा हामी जिताउछौ हाम्रो पालिका, वैशाख ३० मा सुर्यमा मतदान नेकपा (एमाले) को आव्हान र अभियान भन्ने उद्घोषका साथ २०७९ बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह निर्वाचन केन्द्रीत २ महिने विशेष अभियानको कार्ययोजना घोषणा गरेको विज्ञप्तीमा लेखीएको छ ।

अभियान अन्तर्गत फागुन ११ गते लिखु तामाकोशी गाउपालिका, फागुन १२ गते मन्थली नगरपालिका, फागुन १३ गते दोरम्बा शैलुङ र खाँडादेवी गाउपालिका, फागुन १४ गते सुनापति, उमाकुण्ड गाउपालिका र रामेछाप नगरपालिका, फागुन १५ गते गोकुलगंगा गाउपालिकाका केन्द्रहरुमा नगर गाँउ पालिका विस्तारित बैठक तथा अभिमुखीकरण आयोजना गर्ने भएको छ  ।

पालिका स्तरिय कार्यक्रममा सम्बन्धित भुगोलका प्रदेश कमिटी सदस्य, जि.क.स, केन्द्र जिल्ला र पालिकाका ज.व.स सदस्यहरु, वडा कमिटी पदाधिकारी, सल्लाहकार र जिल्ला प्रतिनिधि परिषद् सदस्यहरु सहभागी हुने प्रेस बिज्ञप्ती मार्फत एमाले रामेछापले जनाएको छ ।

वडा तथा टोलहरुमा अन्तक्रिया एवम् सुझाव संकलन, सभा र जिल्लामा बृहत आमसभा गरिने समेत एमाले रामेछापले जनाएको छ ।  फागुन मसान्तभित्र सबै जनवर्गिय संगठनहरुका बैठक तथा  ।ला र प्रशिक्षण गर्न निर्णय गरेको एमालेले रामेछापको प्रेस विज्ञप्तीमा छ । बैठकले जिल्ला कमिटीका कमरेडहरुको कार्य विभाजन समेत गरको छ ।बैठकले  पार्टी स्कुल विभाग/ जनसंगठन समन्वय विभाग प्रमुख आनन्द कुमार श्रेष्ठ, ईन्द्र ब. तामाङ्ग – स्थानीय विकास विभाग प्रमुख, पुरुषोत्तम कडरिया – संगठन विभाग प्रमुख, प्रकाश कुमार कार्की – प्रचार तथा प्रकाशन विभाग प्रमुख ,  होतराज ढकाल – निर्वाचन विभाग प्रमुख ,  राम प्रसाद देवकोटा – वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा तोकेकोछ ।

प्रेस विज्ञप्ती अनुसार जिल्ला कमिटीका सबै सदस्यहरुलाई जनसंगठनको समन्वय गर्ने, पालिका संयोजन गर्ने, र ६४ वटै वडामा ईन्चार्ज, सह- ईन्चार्जको जिम्मेवारी समेत तोकीएको छ।  बैठकले.प्रेम ब. खड्का अध्यक्ष रहने गरि जिल्ला सल्लाहाकार कमिटी गठन गरेको छ र जेष्ठ कम्यूनिष्ट मंच समेत गठन गर्ने निर्णय गरेको विज्ञप्तीमा छ ।  

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ढुङ्गाना भए सरुवा, राजकुमार थिङ आउने

Next Post

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

Next Post
एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.