Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

जनता भ्वाइस by जनता भ्वाइस
February 18, 2022
in जनता स्पेसल, समाचार
0
एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

४ फागुन, काठमाडौं । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको हो ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको भए पनि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताएका छन्।

भट्टराईले भने, ‘हामीले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेका कारण कार्यव्यवस्थामा उपस्थित हुनु र नहुनुको अर्थ छैन । यसअघि पटकपटक गएर ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले आज जाँदैनौं ।’ पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘संसदीय कामकारबाहीमा हामीले जुन प्रश्न उठाइरहेका छौं, त्यसको सम्बोधन सरकार र सभामुखबाट भएको छैन । त्यसैले आज पनि वेल घेराउको कार्यक्रम यथावत रहन्छ ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

स्थानिय तहको निर्वाचन पर धकेल्ने षड्यन्त्र भएको एमाले रामेछापको आरोप

Next Post

सत्ता गठबन्धन दलनै एमसिसि विरोध गर्दै सडकमा

Next Post
सत्ता गठबन्धन दलनै एमसिसि विरोध गर्दै सडकमा

सत्ता गठबन्धन दलनै एमसिसि विरोध गर्दै सडकमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.