Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जुटेन सहमती एमसीसीका लागि

जनता भ्वाइस by जनता भ्वाइस
February 19, 2022
in जनता स्पेसल, समाचार
0
जुटेन सहमती एमसीसीका लागि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ दलबीच बिहीबार पनि सहमति जुट्न सकेन । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार संसदमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । बैठकको सुरुमै उनले भनेका थिए, ‘अस्ति तपाईहरुले टेबल गर्न दिन्छु भन्नुभएकै हो, अब टेबल गर्न दिनुस् ।’

एमसीसी अनुमोदनका लागि प्रस्तुत हुँदा पक्षमा मत दिने कि विपक्षमा भन्ने दलहरुको आफ्नो रोजाई भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका नेताहरूले एमसीसी अघि बढाए सरकार छाड्ने र विपक्षमा मत दिने संसदीय दलको निर्णय भएको बताएका छन् । साथै एमसीसी संसद अवरोध कायमै रहेको बेला एमसीसी टेबल हुन नसक्ने बताए । अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताएका छन् ।

उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी टेबल गर्न सहमति दिएको त स्वीकार गरे । तर संसदको अवरोध कायम रहेका बेला छलफल हुन नसक्ने बताए । साथै एमसीसीबारे छलफल गर्नकै लागि पार्टीले ७ गते स्थायी कमिटीको बैठक बोलाएको उनले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सत्तारुढ गठबन्धन रहने वा नरहने ५ बजे तय हुन्छ- प्रचण्ड

Next Post

प्रधानमन्त्री ढल्किए एमाले तर्फ

Next Post
प्रधानमन्त्री ढल्किए एमाले तर्फ

प्रधानमन्त्री ढल्किए एमाले तर्फ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.