रामेछाप । नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को अध्यक्षमा भुपाल बुढाथोकी निर्बिरोध चयन भएका छन् । बिहिबार मन्थलीमा सम्पन्न प्रथम रामेछाप जिल्ला सम्मेलन २०७८ मार्फत बुढाथोकी सर्बसमत अध्यक्षमा चयन भएका हुन् । जिल्ला सम्मेलन मार्फत उपाध्यक्षमा भरत कार्की र दिपक गाहा मगर चयन भएका छन् । सचिबमा रमशरण कार्की, कोषाध्यक्षमा कुल बहादुर कार्की रहेका छन् । नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) हालको लागी २१ सदस्य समिती गठन गरेको नेकपा समाजवादी रामेछापका उपाध्यक्ष धनलाल योञ्जनले जानकारी दिए । योञ्जनले भने ३५ सदस्य कार्यसमिती बनाउन पाउने भए पनी हाल २१ सदस्य कार्यसमिती मात्र गठन गरेको बताए ।
भुपाल बुढाथोकीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेकपा समाजवादीका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलले नव गठित समितीलाई शुभकामना दिदै नेपाली सेना र नेपाल प्रहरीले नेपाललाई स्वतन्त्र बनाउन महत्व पुर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै अब समाजवादी अभियान मार्फत देश निर्माणमा लाग्न र संगठनलाई चलायमान बनाउन आग्रह गरे ।
सम्मेलनमा केन्द्रिय सल्लाकार परिषद सदस्य तथा नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)का केन्द्रिय अध्यक्ष धन बहादुर कार्की, केन्द्रिय महासचिब हरिशरण गिरी लगाएतको सहभागीता रहेको थियो ।