Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुने

जनता भ्वाइस by जनता भ्वाइस
February 18, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । किङस्टार क्रियशन प्रा.लि ले प्रतिभाको खोजि गर्ने उदेश्यले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता शुरु गर्ने भएको छ ।

बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी किङस्टार क्रियशन प्रा.लि ले फागुन १ गतेदेखि चैत २० गतेसम्म प्रतियोगीतामा सहभागीहरुलाई तयारी प्रशिक्षण मन्थलीमा सञ्चालन गर्ने क्रियशन प्रा.लिका व्यवस्थापक सुमन खड्काले जानकारी दिए ।

जिल्लामा लुकेर रहेका प्रतिभाको पहिचान गरी कला, गला र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देयले प्रतियोगिता सञ्चालन गर्न लागेका व्यवस्थापक खड्काले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १४ वर्षदेखि २९ वर्षसम्मका युवाले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ मा र ६ वर्षदेखि १३ वर्षसम्मका बालबालीकाले लिटिल मोडल अफ रामेछाप सिजन २ मा सहभागि बन्न पाउने जनाएको छ ।

व्यवस्थापक खड्काले विगत तीन वर्षदेखि रामेछाप जिल्लामा प्रतियोगिता सञ्चालन गर्दै आएको र पछिल्लो समय मिस्टर एण्ड मिस मोडलमा भन्दा पनि लिटिल मोडलमा सहभागिहरुको क्रेज बढेको बताए । खड्काका अनुसार प्रतियोगिताका विजेतालाई नगद पुरस्कार सहित आकर्षक गिफ्ट ह्याम्पर तथा क्राउन ट्रफिबाट सम्मानित गरिने र उत्कृष्ट प्रतिभालाई म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने बताएका छन् ।

साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न प्रतियोगीतामा सहभागीहुन चाहनेहरुलाई आफुहरुले सहयोग गर्ने बताएका छन् । प्रतियोगीता सम्पन्न गर्न १३ लाख भन्दा बढी खर्चको अनुमान गरिएको पत्रकार सम्मेलनमा जनाएको छ । रामेछापको प्रतिभालालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन यस्ता प्रतियागीताले सहयोग पुर्याउने भएकाले कार्यक्रम सफल पार्न सहयोग गर्न ब्यापारी र स्थानिय सरकारलाई समेत पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को अध्यक्षमा भुपाल बुढाथोकी

Next Post

प्रतिनिधि सभाको बैठक दिउसो १ बजे बस्दै

Next Post
प्रतिनिधि सभाको बैठक दिउसो १ बजे बस्दै

प्रतिनिधि सभाको बैठक दिउसो १ बजे बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.