Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समताको भवन शिल्यान्यास

Kumar Shrestha by Kumar Shrestha
February 28, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
समताको भवन शिल्यान्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सस्तो मासिक शुल्क लिई गुणस्तरिय शिक्षा दिने लक्ष्य साथ रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलले आफ्नै भवनबाट शिक्षा दिने भन्दै भवन शिल्यान्यास गरेको छ ।

स्थानीय चन्द्र बहादुर माझीले जिल्ला आयुर्वेद कार्यालय नजिकै रहेको साढे ६ रोपनी जग्गा २० बर्षका लागि भाडामा दिएपछि उक्त जग्गामा ६ महिना भित्र १३ कोठे भवन निर्माण हुन लागेको हो । कार्यक्रमका अबसरमा बोल्दै स्थानीय समाजसेवी तेज प्रसाद सुबेदीले भवन निर्माणका लागि रु १ लाख दिने घोषणा गर्नु भएको छ भने शिक्षक, शिक्षिका र अभिभावकहरुले पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम समता स्कुललाई सहयोग गर्ने बताएका छन् । शुक्रबार समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम हरेक बर्ष ब्यक्तिगत रुपमा समताको कोषमा जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

समता स्कुललाई प्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय सम्झौता गरी भवन निर्माणका लागि नगरपालिकाबाट १५ लाख उपलब्ध गराउने समेत घोषणा गरेका छन् । नगर प्रमुख बस्नेतले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना भएकोले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले पनि जोड दिइरहेको बताएका छन्

भवन बन्न ५० लाख खर्च हुने अनुमान गरिएको र स्थानियहरूको निर्माण समिति बनाएर भवन निर्माण गरिने बताईएको छ ।

। त्यस्तै गरी सिलान्यास कार्यक्रममा बोल्दै समता एजुकेशन ट्रस्टका निर्देशक दिपक सञ्जेलले क्रिश्चियन धर्मको प्रचार गर्ने समता स्कुल भन्ने घेरैको बुझाइ गतल भएको दावी गरे । उनले यो धर्म प्रचारक नभइ गरिवका छोराछोरीले सस्तोमा गुणस्तरीय शिक्षा पाउन पर्छ भन्ने पबित्र उद्देश्य राखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यस्ता बिद्यालयहरु खुलेको बताएका छन् । उनले समता एजुकेशन ट्रस्ट द्धारा सञ्चालित बिद्यालय हरुका लागि बार्षिक रुपमा १५ करोड आबश्यक हुने र बिद्यार्थीहरु बाट प्राप्त रु १०० का दरले रु ७ करोड संकलन हुने र बाँकी ८ करोड राष्ट्रिय स्तरका ब्यक्ति तथा संघ संस्थाहरुले दिएको सहयोग तथा दान बाट चल्ने गरेको बताएका छन् ।

समता स्कुलकी पिन्सिपल मनिषा बुढाथोकीको अध्यक्षतामा सम्पन्न भवनको शिलान्यास मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले गरेका हुन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

फाईबर नेटको पहुँचमा खाँडादेवी गाउँपालिका

Next Post

सुनापती अध्यक्ष कप जिल्ला स्तरिय हुने

Next Post
सुनापती अध्यक्ष कप जिल्ला स्तरिय हुने

सुनापती अध्यक्ष कप जिल्ला स्तरिय हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.