Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापती अध्यक्ष कप जिल्ला स्तरिय हुने

जनता भ्वाइस by जनता भ्वाइस
February 28, 2022
in जनता स्पेसल, समाचार
0
सुनापती अध्यक्ष कप जिल्ला स्तरिय हुने
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सर्वाधिक पुरस्कार सहित सुनापति गाउँपालिकामा अध्यक्ष कप हुने भएको छ । सुनापति गाउँपालिका खेलकुद विकास समितिले तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलन गरी गाउँपालिकाले तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए ।

जिल्ला स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कपलाई सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता मानिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र तथा तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २५ हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर ५ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सेटर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट ब्लकर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट डिफेण्डर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र, उत्कृष्ट सर्भर ५ हजार नगद ट्रफि र प्रमाण–पत्र रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई पनि ५ हजार नगद ट्रफि र प्रमाण–पत्र प्रदान गरिने छ ।

ब्याडमिन्टनतर्फ प्रमथ पुरस्कार १५ हजार नगद, ट्रफि मेडल र प्रमाण–पत्र, द्धितीय पुरस्कार १० हजार नगद ट्रफि, मेडल र प्रमाण–पत्र, तृतीय पुरस्कार ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २ हजा ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कार १ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र रहेको छ । ब्याडमिन्ट खेल पुरुण तथा महिलातर्फ छुट्टाछुट्टै खेलाइने छ भने पुरस्कार पनि दुवैतर्फत प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको लागि दैनिक भक्ताको समेत ब्यवस्था गरिएको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिएका छन् । गाउँस्तरमा रहेको खेलाडीहरुको पहिचान र खेलाडीहरुको क्षमता विकासको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले बताए । प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते भएमा सम्पूर्ण उपचार समेत गाउँपालिकाले नै गरिदिने पनि अध्यक्ष लामाले जानकारी दिएका छन् । खेल चैत्र ५ गतेदेखि ८ गतेसम्म हुनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

समताको भवन शिल्यान्यास

Next Post

गोपाल श्रेष्ठ बने नेवा देय् दवू रामेछापको अध्यक्ष

Next Post
गोपाल श्रेष्ठ बने नेवा देय् दवू रामेछापको अध्यक्ष

गोपाल श्रेष्ठ बने नेवा देय् दवू रामेछापको अध्यक्ष

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.