Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फाईबर नेटको पहुँचमा खाँडादेवी गाउँपालिका

जनता भ्वाइस by जनता भ्वाइस
February 28, 2022
in जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
फाईबर नेटको पहुँचमा खाँडादेवी गाउँपालिका
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खाँडादेवी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा जिल्ला मा नै पहिलो पटक निःशुल्क फाईबरनेट सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्र रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो । गाउँपालिकाले नेपाल दुरसञ्चार प्राधिकरण र यरोनेट संग सम्झौता गरी निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो । अप्टीकल फाइबार मार्फत सवै विद्यालय र समुदायिक स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरिएको छ । शुक्रबार बागमती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेल र गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले संयुक्तरुपमा निशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेका हुन् ।


निःशुल्क इन्टरनेट सुवा सञ्चालन पछी सांसद पौडेलले प्रविधिको उचित प्रयोग गरी आफ्नो सेवालाई सुधार गरी प्रभावकारी बनाउन सामुदायिक विद्यालय तथा संस्थाहरुलाई आग्रह गरे । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निशुल्क गरिएको इन्टरनेट सेवाले सामुदायिक विद्यलय र संस्थाहरुको सेवा प्रवाहमा राम्रो सुधार हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा शिक्षक महासंघ रामेछापका अध्यक्ष रामबहादुर श्रेष्ठ, उपाध्यक्ष चक्रलाल श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत आधुनिक प्रविधिको युगमा निशुल्क गरिएको इन्टरनेट सेवाले सहयोग पुग्ने बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ब्याजदर सम्बन्धि ब्यवस्था खारेजीको माग गर्दै ज्ञापनपत्र

Next Post

समताको भवन शिल्यान्यास

Next Post
समताको भवन शिल्यान्यास

समताको भवन शिल्यान्यास

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.