Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चोरीको घटना बढेसँगै ठूलो संख्यामा प्रहरी परिचालन

दिनेश श्रेष्ठ by दिनेश श्रेष्ठ
December 18, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । केही दिन यता जिल्लाका विभिन्न स्थानमा दैनिक रूपमा चोरी घट्ना बढेपछि जिल्ला प्रहरी कार्यालयले ठूलो सङ्ख्यामाप ्रहरी परिचालन गरेको हो । घट्ना नियन्त्रण गर्ने उद्देश्यले सीमानाकामा प्रहरीले सुरक्षा सर्तकासमेत बढाएको छ । प्रहरीले रामेछाप प्रवेश गर्ने नाकानाकामा चेक जाँचलाई कडाई गरेको छ ।


चोरीको घटना दिनदिनै बढेपछि अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङ आफै गाउँगाउँमा गएर घट्नाको अनुसन्धानमा जुटेका छन् । रातको समयमा सडक आसपासको क्षेत्रमा चोरीको घटना बढेसँगै स्थानीयहरू पनि समूहबद्ध भएर चोरीमा संलग्नको खोजीमा जुटन सुरु गरेका छन् ।


दुई दिनकै अवधिमा जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकामा गरी झन्डै दुई दर्जन भन्दा बढी स्थानमा चोरी गरेर लाखौका धनमाल लगिएको छ । मन्थली नगरपालिकाका, गोकुलगंगा गाउँपालिकामा गरी १३ स्थानमा चोरी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार मुख्य सडक आसपासका पसल, सहकारी संस्था तथा व्यक्तिका घरहरुमा चोरीको घटना केन्द्रीत छ । प्रहरीकाअ नुसार चोरहरुले पन्जा तथा मास्क प्रयोग गरेकाले पत्ता लगाउन कठिन भएको छ ।


डिएसपी थिङले चोरीका घटनामा संलग्नहरूको खोजीकार्यलाई तीव्रता दिएको बताएका छन् । प्रहरीले योजनाबद्ध रूपमा चोरीमा एउटै समूहको हातहुन सक्ने अनुमान गरेको छ । विगतमा पनि मन्थली नगरपालिका र गोकुलगंगा गाउँपालिका विभिन्न ठाउँमा चोरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले लामो समयको अनुसन्धानपछि पक्राउ गरेको थियो । प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिएको छ । प्रहरीले सेलेघाट नाका, साँघुटार नाका लगायतको ठाउँमा सुरक्षा निगरानी बढाएको छ ।

Author

  • दिनेश श्रेष्ठ
    दिनेश श्रेष्ठ

    View all posts
Previous Post

शक्तिशाली महादेब स्थानापति मन्दिरमा सडक र सिँडी निर्माण

Next Post

प्रभावकारी बन्दै जिल्ला अस्पताल रामेछापको प्रसुति सेवा

Next Post
प्रभावकारी बन्दै जिल्ला अस्पताल रामेछापको प्रसुति सेवा

प्रभावकारी बन्दै जिल्ला अस्पताल रामेछापको प्रसुति सेवा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.