Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शक्तिशाली महादेब स्थानापति मन्दिरमा सडक र सिँडी निर्माण

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
शक्तिशाली महादेब स्थानापति मन्दिरमा सडक र सिँडी निर्माण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।

नेपालको तेस्रो शक्तिशाली र पूर्वको दोश्रो शक्तिशाली पशुपतिनाथको रुपमा रहेको स्थानापति बैरा महादेवथानमा सडक र सिँडी निर्माण कार्य सम्पन्न भएको छ । मन्थली नगरपालिकाले पूर्वको दोश्रो पशुपतिनाथको रुपमा रहेको स्थानापति बैरा महादेवथानमा भक्तजनहरुलाई सहज बनाउने उद्देश्यले सडक र सिँडी निर्माण गरेको बताएका छन् । सडक र सिँडीको एकै साथ उद्घाटन गदै मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरको महत्वपूर्ण योजना सम्पन्न भएकोमा आफू एकदमै खुसीभएको बताएका छन् ।

सिँडी निर्माण गर्ने क्रममा खासै बिरोध नभए पनि सडक निर्माण गर्ने क्रममा भने नगरको कार्यपालिका सदस्यहरुले नै विरोध गरेको बताए । नगरप्रमुख बस्नेतले भने कार्यपालिकाको सदस्यहरुको बिरोधको बाबजुद बजेट बिनियोजन गरियो तर योजना सम्पन्न हुन्नकी भन्ने डर थियो योजना सम्पन्न भयो म आज नगरप्रमुख भए पछि सबै भन्दा खुसी भएको छु । बस्नेतले भने कार्यपालिकाबाट बजेट विनियोजन गर्न नदिए पछि पूर्वाधार तर्फबाट बजेट बिनियोजन गरेर सडक निर्माण सम्पन्नभयो म यसमा खुसी छु ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले हिडेर जान चाहने भक्तजनहरुको लागि पदमार्ग र हिडेर जान नसक्ने अशक्त भक्तजनहरुको लागि सडक निर्माण गरिएकोे बताए । महादेवथानको फेदीमा साना महादेव लगायतका देवताहरु रहेकाले प्रायःजसो भक्तजनहरु हिडेर जाने गर्दछन् । स्थानापति महादेव मन्दिर जाने बाटोमा सिँडी निर्माण भएसँगै भक्तजनको चलपहल पनि बढेको स्थानीयले बताएका छन् ।


सदरमुकाम मन्थलीबाट १५ किलोमिटरको दूरीमा रहेको स्थानापति महादेव मन्दिर रामेछाप जिल्लाको मात्र नभएर नेपालकै ऐतिहासिक मन्दिरहरु मध्ये पर्दछ । स्थानापति महादेव मन्दिरलाई काठमाडौंको पशुपतिनाथ र खोटाङको हलेसीपछि तेस्रो पशुपतिनाथको रुपमा लिइन्छ भने पूर्वको दोश्रो पशुपतिनाथको रुपमा मानिन्छ । मन्थलीबाट गेलु, फुलासी हुँदै जाँदा महादेव मन्दिर परिसरसम्म सवारी साधनपुग्ने भए पनि स्थानापति महादेव मन्दिरको काखमा रहेको भीरमा सानो महादेव लगायतका देवताथानहरु रहेकाले भक्तजनहरु मन्थलीबाट चिसापानी पुरानोगाउँ हुँदै जाने गर्दछन् । पुनारोगाउँ हुँदै जाँदा स्थानापति महादेव थानको काखमा रहेको हाटडाँडाबाट करिब पौने घण्टा भीरको उकालो बाटो पैदल हिड्नु पर्दछ ।


उकालो बाटोको ठाउँठाउँमा विभिन्न देवताहरुको थानभएकाले प्रायजसो भक्तजनहरु भीरको बाटो भएर नै महादेवथान जाने गर्दछन् । अधिकांश भक्तजनहरु भीरको बाटो भएर महादेवथान जाने भएकाले स्थानापति महादेवको रुपमा चिनिने बहिरा महादेवथानको प्रवद्र्धन र भक्तजनको सहजताको लागि सिँडी निर्माण गरिएको नगरप्रमुख बस्नेतले बताएका छन् । सिँडी निर्माण हुनु पहिले महादेव थान गएर फर्कने क्रममा एकजना भक्तजनको भीरबाट लडेरसमेत मृत्यु भएको थियो । मन्दिर जान भक्तजनलाई समस्या भएपछि मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा १० लाख, २०७५÷०७६ मा २० लाख, आर्थिक वर्ष २०७६÷७७ मा २० लाख रुपैयाँ र आर्थिक वर्ष ०७७÷७८ मा ३० लाख र ०७८÷७९ मा ३० लाख रुपैयाँमा सिँडी निर्माणको काम सम्पन्न भएको छ । सिँडी निर्माणको काम सम्पन्न भएपछि सिँडीको डिल साइटमा रेलिङ्ग समेत राखेर भक्तजननाई दर्शनको लागि मन्दिर जान सहज भएको छ । पैदल जानेको लागि मन्दिर फेदीबाट मन्दिरसम्म १ हजार ४ सय ४० वटा सिँडी निर्माण गरिएको छ भने हिड्न नसक्ने र अशक्त भक्तजनहरुको सहजताको लागि खुर्बेसी–बाहुनचुरा हुँदै मन्दिरसम्म सडक जोडिएको छ ।


त्यसैगरी खुर्बेसी–बाहुनचुरा हुँदै मन्दिरसम्म सडक निर्माण सम्भब नभएको भन्दै सबैले बिरोध गरे पनि वडा अध्यक्षको साहस र हिम्मतले जोडिएको भन्दै नगर प्रमुखले खुसी ब्यक्तसमेत गरेका छन् । आफ्नै वडा कार्यालय जान आउनसडक नहुँदा ३÷४ घण्टा लगाएर हिड्न पर्ने र सडकको बाटो आउन चनखु चिसापनी हुदै जाने आउने गर्न पर्ने समस्या थियो । वडा अध्यक्षज्युले जसरी पनि सडक जोड्ने भनेर लागेपछि आपूmले पनि साथ दिदा कसैले पनि सडक जोडिन्छ भनेर विश्वास नगरे पनि सडक जोडिएको बताए । आर्थिक वर्ष २०७५÷०७६ सालमा नगर पालिकाबाट १३ लाख र वडा कार्यलयबाट २५ लाख बजेट विनियोजन गरेर काम केही अघि बढेपछि आर्थिक वर्ष ०७६÷०७७ सालमा बागमती प्रदेश सरकारको ५० लाखबाट काम भएको भएपनि प्रदेशबाट आएको अनुगमन समिति र केही स्थानीयले सडक जोड्न सम्भव नभएको भन्दै आर्थिक बर्ष २०७७÷०७८ मा भने कुनै पनि क्षेत्रबाट बजेट नपरेको वडा अध्यक्ष बुद्धीबहादुर पुलामीमगरले बताए । वडा अध्यक्ष मगरले भने आर्थिक वर्ष ०७८÷०७९ सालमा ६५ लाख नगरपालिकाबाट बिनियोजन भए सँगै सडक जोड्न सफल भएको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बहुविवाहको आरोपमा विवाहमण्डपबाटै बेहुलाबेहुली पक्राउ

Next Post

चोरीको घटना बढेसँगै ठूलो संख्यामा प्रहरी परिचालन

Next Post
४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ

चोरीको घटना बढेसँगै ठूलो संख्यामा प्रहरी परिचालन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.