Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रभावकारी बन्दै जिल्ला अस्पताल रामेछापको प्रसुति सेवा

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
प्रभावकारी बन्दै जिल्ला अस्पताल रामेछापको प्रसुति सेवा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला अस्पतालले सुरु गरेको आकस्मिक शल्यक्रियासहितको प्रसुति सेवा प्रभावकारी बन्दै गएकोछ । अस्पतालले आकस्मिक शल्यक्रियासहितको प्रसुति सेवा सुरु गरे यता ५ जनाको सफल शल्यक्रियाद्वारा प्रसुति गराइसकेकोछ । अस्पतालले सेवा सुरु भएको १४ औँ दिनमा ९ जनाको सामान्य र ५ जनाको शल्यक्रियाबाट प्रसुति गराइएको जिल्ला अस्पतालका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले बताए ।


शल्यक्रिया गरिएको सबै सुत्केरी आमा र बच्चाको अवस्था स्वस्थ रहेको डा. मनोजकुमार यादवले बताए । यादवका अनुसार अस्पतालमा जनशक्तिको भने अभाव रहेको छ । अस्पतालले करारमा जनशक्ति व्यवस्थापन गरेर शल्क्रियाद्वारा प्रसुति सेवा सञ्चालन गर्दै आएको छ । हालका लागि भने शल्यक्रिया सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्थापनमा रामेछाप नगरपालिकाले सहयोग गरेको यादव बताउछन् ।


जिल्लाकै अस्पतालमा आकस्मिक शल्यक्रियासहितको प्रसुति सेवा सुरु भएपछि काठमाडौं जानु पर्ने बाध्यता हटेको मन्थली नगरपालिका वडा नं– १३ फुलासीकी करुणा अधिकारी बताउछिन् । जिल्लामै शल्यक्रियासहितको सेवा पाउँदा उनी खुशी छिन् ।आपूm छोरोको आमा बन्नु अगाडिको पल सम्झदै अधिकारी भन्छिन्– “आपूmलाई प्रसुती व्यथा लागेपछि श्रीमानले रामेछाप जिल्ला अस्पताल लानु भयो ।

सामान्य तरिकाले प्रसुति होला भन्नेमा ढुक्क थिए तर डाक्टरले शल्यक्रिया गर्नु पर्छ भने पछि धेरै डर लाग्यो । नयाँ नयाँ सुरु भएको शल्यक्रिया प्रसुति सेवा कस्तो होला ? मरिन्छकी झै लाग्यो । तर शल्यक्रियामा खटिनु भएको डाक्टर तथा नर्सहरूको आफ्नो कामप्रतिको लगावका कारण मेरो शल्यक्रिया सफल भयो ।”


त्यस्तै सोही अस्पतालमा शल्यक्रियाबाट प्रसुती भएकी लिखु गाउँपालिका– १ गैरीगाउँ ओखलढुङ्गाकी रीता कार्की पनि अस्पतालको सेवाबाट खुसी छिन् । रीताको श्रीमान् भन्छन्– “श्रीमती आमा र म बाबु बन्ने खुसी त थियो नै तर शल्यक्रिया नै गर्न पर्ने भए पछि खर्चको जोहो गर्न मुस्किल हुन्छ भन्ने त्राश मनमा थियो । तर रामेछाप जिल्ला अस्पतालले बिरामीलाई खानासहित सेवा दियो । मेरो खर्च भनेको ५–७ हजार मात्रै भयो ।”

जिल्ला अस्पतालले दिँदै आएको शल्यक्रियासहितको प्रसुति सेवा प्रभावकारी हुँदै गए पनि प्रसुति सेवाका लागि अत्यावश्यक ठानिएको रगतको भने अभाव हुने गरेको जिल्ला अस्पताल रामेछापका प्रमुख पवन शाक्य बताउछन् । शाक्य भन्छन्– “रेडक्रस रामेछापमा रगत स्टक नहुँदा चाहिने रगतका लागि सोही बखत रक्तदाता खोजेर रगतको जोहो गर्न पर्दा समस्या हुने गरेको छ । हुनत हामीले ब्लड बैंकको सेवा सुरु गर्ने कोसिस गरेका छौँ तर अस्पतालको स्रोतले अहिलेकै सेवा धान्न धौधौ छ । नेपाल सरकारले यो बारेमा केही सहयोग गरिदिए यसको समेत समाधान हुने थियो ।


यता रेडक्रस रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठको भनाई भने छुट्टै छ । श्रेष्ठ भन्छन्– “हामीले लिएर राखेको रगतको आयु ३५ दिन हुन्छ । ३५ दिन नकट्दै हामीले हामीसँग स्टक भएको रगतलाई अन्य स्थानमा पठाउँछौ खेर नजाओस् भनेर । हामीले बेला बेलामा रक्तदान क्याम्प पनि चलाइरहेका छौँ तर रक्तदान गर्ने दाताहरूको कमी छ यहाँ । हामीसँग स्टक नभएकै बेला यस्तो समस्या आइपर्छ ।


अहिले जिल्ला अस्पतालमा विभिन्न सेवा सुविधाहरु थप भएसँगै सेवाग्राहीहरुको चाप पनि बढेको अस्पताल प्रशासन बताउँछ । जिल्ला अस्पतालको सेवा प्रभावकारी बन्दै गएकोले रामेछापका नागरिकहरूलाई महङ्गो अस्पतालमा गएर पसिनाको कमाई सिध्याउने र ऋण गरेर उपचार गर्ने समस्यामा कमी आएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउछन् । नयाँघरे भन्छन्– “शल्यक्रियासहितको प्रसुति सेवाका लागि राजधानी धाउने समस्याबाट अब रामेछापका नागरिकले मुक्ति पाउनेछन् । जिल्लामा नै यस्तो सुविधा सम्पन्न अस्पताल हुनु रामेछापवासीको लागि खुसीको कुरा हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

चोरीको घटना बढेसँगै ठूलो संख्यामा प्रहरी परिचालन

Next Post

खानेपानी प्रमुखको लापरवाहीले सेवाग्राहीलाई सास्ती, प्रशासन बेखबर

Next Post
खानेपानी प्रमुखको लापरवाहीले सेवाग्राहीलाई सास्ती, प्रशासन बेखबर

खानेपानी प्रमुखको लापरवाहीले सेवाग्राहीलाई सास्ती, प्रशासन बेखबर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.