Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खानेपानी प्रमुखको लापरवाहीले सेवाग्राहीलाई सास्ती, प्रशासन बेखबर

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
खानेपानी प्रमुखको लापरवाहीले सेवाग्राहीलाई सास्ती, प्रशासन बेखबर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । खानेपानी सरसफाई डिभिजन नं ४ का कार्यलय प्रमु हुपेन्द्रराज जोशी कार्यलयमा उपस्थित नहुँदा सेवाग्राहीलाई सास्ती परेको छ । संघीयताको कार्यान्वयनसँगै सरकारले सिन्धुली र दोलखा जिल्लालाई समेत पायक पर्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा कार्यालय स्थापना गरी काम सञ्चालन गर्दै आएको थियो । मन्थलीमा रहेको डिभिजन नं. ४ को कार्यालय ३ जिल्लाको सेन्टर केन्द्रमा भएपनि प्रमुख कहिल्यै कार्यालयमा बस्दैनन् ।
खानेपानी सरसफाई डिभिजन नं ४ मन्थलीका प्रमुख बनेर जोशीले जिम्मेवारी त लिए तर त्यस पश्चातका दिनमा उनि कहिल्यै कार्यालय नै आएनन् । उनको यो रवैयाले कामको शिलशिलामा आउने सेवाग्राहीहरुले पटकपटक रित्तोहात फर्कनु परेको पनि नागरिकहरुको गुनासो रहेको छ ।


प्रमुख जोशी कार्यालयमा नबस्दा कार्यालयमा काम गर्न आउने सेवाग्राहीहरु समस्यामा परेको मन्थली नगरपालीका १ का सेवाग्राही प्रबल सुवेदीले बताए । प्रायः कार्यालयमा बस्न नरुचाउने प्रमुख जोशी सेवाग्राहीहरुको गुनासाहरुबाट छलिन र तनावमुत्त हुन मुख्य कार्यालयको कामलाई वेवास्ता गर्दै साइट अफिसमा बस्ने गरेका छन् । प्रमुख नहुँदा आफू जस्ता सयौ सेवाग्राहीले अनावश्यक रुपमा दुःख पाउनु परेको पनि सुवेदी बताउँछन् । उनी भन्छन् – गाडीमा ओहोरदोहोर गर्दा सेवाग्राहीले गाडी भाडामा नै धेरै पैसा सक्दै आएका छन् । म मात्रै अहिलेसम्म कार्यालयमा आएर फर्किएको ३ पटक भैसक्यो तै पनि मेरो काम सकिएको छैन । म जस्ता धेरै सेवाग्राहीहरू दुर दराजबाट आउनु हुन्छ। उहाँहरूको पनि व्यथा यहि नै हो । कार्यालयमा पुगेर बुभ्दादा कर्मचारीहरूबाट जहिले पनि एउटै जवाफ आउँछ । सर कार्यलयमा हुनु हुन्न । यसको जवाफ कसले दिने । उनले प्रतिप्रश्न गरे ।
आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै जोशीले आफ्नो जागिरलाई दिन कटनी मानो पचनी बनाएका छन्। उनले सेवाग्राहीहरुको समस्यालाई समेत चासो नराखी कार्यालयमा नबस्दा लक्षित कार्यक्रमसमेत अधुरो र अपुरो हुन सक्ने अवस्था सृजना भएको छ । जोशीको अनुपस्थितिका कारण कार्यालयको आन्तरिक काममासमेत ढिलासुस्ती हुने गरेको कार्यालय श्रोतले बताएको छ ।
जिल्लामा चालु आ.व.मा मात्र सशर्त अनुदान संघीय मन्त्रालय अन्तर्गतका ५१ वटा र प्रदेश सरकार अन्तर्गतका २९ वटा खानेपानीका आयोजना सञ्चालनमा आएका छन् । कार्यालय प्रमुखको अनुपस्थितिमा ती आयोजनाका कामहरुको निरन्तरतामा समेत समस्या आएको छ । प्रमुख नहूँदा योजनाको ईष्टमेट, छनौट, योजना तथा कार्यालय सञ्चालन र भुक्तानी तथा कार्यालयको दैनिक कामहरुमा पनि समस्या आएका लगायतका दर्जनौ गुनासाहरु आउने गरेका छन् । कार्यालयको समस्या र प्रमुख विरुद्धको आरोपका बारेमा प्रमुख जोशीसँग समन्वय गर्दा उनले आफू रामेछापको अलावा सिन्धुली र दोलखा जिल्लाको लागि पनि कार्यालय प्रमुख भएकोले र प्रायः साइट अफिसलाई पनि समय दिनु पर्दा मन्थलीको कार्यालयमा कम समय दिनु परेको बताउँछन ।
कार्यालय प्रमुखको यस्तो रवैयाले उपभोक्ताहरू मारमा परेको नागरिक अगुवा दीपक भट्ट बताउँछन् । उनि भन्छन् – कार्यलय प्रमुख कार्यालयमा नबस्ने रवैया अरू कार्यालयहरूमा समेत छन् । कार्यालय प्रमुखहरू कार्यालयमा उपस्थित नहुँदा पनि जिल्ला प्रशासन कार्यालय मुकदर्शक बनेर बसेको देखिन्छ । प्रशासन कार्यालयले नियमित अनुगमन नगर्नाले समेत यो समस्या आएको हो । कार्यालय प्रमुख नै कार्यालय नबसे पछि योजनाका भुक्तानी हुन सकेको छैन जसको प्रतक्ष असर उपभोक्ता समितिलाई परेको छ ।
यो विषयमा प्रमुख जिल्ला अधिकारी दीपकुमार पहाडी सँग टेलिफोन सम्पर्क गर्दा उनि सँग सम्पर्क हुन सकेन । उनि सँग सम्पर्क हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ सँग टेलिफोन सम्पर्क गर्दा कार्यालय प्रमुख कार्यालयमा आए नआएको बारेमा आफूलाई कुनै पनि जानकारी नै नभएको बताउँछिन् ।उनि भन्छिन्– कोरोनाको कारणले हामीले कार्यालयहरू नियमित अनुगमन गर्न सकेका छैनौँ । अब केहि दिनमा अनुगमन गरे पश्चात मात्र यो विषयमा बताउँन सकिन्छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रभावकारी बन्दै जिल्ला अस्पताल रामेछापको प्रसुति सेवा

Next Post

आगलागिबाट रजयछापमा ११ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन

Next Post
आगलागिबाट रजयछापमा ११ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन

आगलागिबाट रजयछापमा ११ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...