जिल्ला आयुर्वेद कार्यालय रामेछापले गोकुलगंगा गाऊपालिकामा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । पालिकाको वडा नं. ३, रस्नालुमा गोकुलगंगा गाउँपालिकाको सगँको सहकार्यमा आयुर्बेदले सो केन्द्र सञ्चालनमा ल्याएको हो । पूर्व प्रदेश मन्त्री तथा प्रदेश सभा क का सांसद शान्ती पौडेलले एक कार्यक्रम बिच नागरिक आरोग्य स्वास्थ्य केन्द्र उद्घाटन गरे सँगै सञ्चालनमा आएको छ ।
उद्घाटन कार्यक्रममा पालिकाका अध्यक्ष खड्ग सुनुवार, जिल्ला आयुर्बेद प्रमुख नदन कंडेल लगायतको सहभागिता रहेको थियो ।
यसै बिच जिल्ला आयुर्बेद कार्यालयले सोहि वडाको भिम आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट ३ सय २ जनाले निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी सेवा लिएको जिल्ला आयुर्बेद कार्यालय रामेछापका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।