रामेछाप । रामेछाप नगरपालिका ८ बाबियाखर्कको गणेशचोकमा निर्माण भएको शिव पाञ्चायन मन्दिरको मंगलबार पूर्व जलश्रोत राज्य मन्त्री लक्ष्मण प्रसाद घिमिरेले मन्दिरको अनावरण गरेका छन्।
मन्दिरको अनावरण साथै नबग्रह पुजा, रुद्री चण्डी, बेद लघुरुद्री पाठ गरीएको थियो । उक्त धार्मिक कार्यमा करिव ५० जना पण्डित पुरोहितको सहभागिता रहेको थियो । मंगलबार अपरान्ह लाखवत्ति प्र्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय बासिन्दाले करिव ४५ लाख चन्दा संकलन गरी उक्त मन्दिरको निर्माण भएको हो । स्थानीय बासिन्दाले मन्दिरमा नियमित पुजा अर्चनाका लागि मंगलबारनै करिव ११ लाखको अक्षयकोषको व्यवस्था गरेका छन् । मन्दिर परिसरमा नगग्रह, नारायण, गणेश लगाएतका मुर्तिहरु समेत स्थापना गरीएका छन् । उक्त मन्दिर जिल्लाकै प्रमुख धार्मिक गन्तव्य हुने स्थानीयले विश्वास लिएका छन् ।