Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माथिल्लो तामाकोशी जलविद्युतको कारण लास जलाउनै कठिन

Kumar Shrestha by Kumar Shrestha
April 4, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
माथिल्लो तामाकोशी जलविद्युतको कारण लास जलाउनै कठिन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कारण तामाकोशी नदीको किनारमा लास जलाउन समस्या भएको छ । जलविधुत आयोजनाले दिनभर जम्मा गरेर राखेको पानी बेलुकी पख खोलेपछि रातको समयमा लास जलाउन समस्या भएको हो ।

रातको समयमा लास जलाउँदा रामेछापको मन्थलीमा रहेको रणजोर खोलाको दोभानबाट मात्र आधादर्जन भन्दा बढी लास बगाई सकेको छ । जलविद्युत आयोजनाले बिना सूचना ड्याममा पानी खोल्ने र बन्द गर्ने गर्दा समस्या देखिएको छ । ड्याममा पानी जम्मा गर्दा नदीको सतह घट्ने र बन्द गर्दा पानीको सतह बढ्ने भएकोले लास जलाउन समस्या भएकोे हो ।


जलविद्युतले विद्युत आयोजनाले बेलुकी पख पानी खोल्दा नदी किनारमा खेल्न जाने बालबालिका बग्ने त्रासले स्थानीय भयभीत हुन थालेका छन् । आयोजनाले नदीमा अप्रत्याशित रुपमा बाढी आउनेबारे सूचना सर्वसाधारणलाई दिने गरेको छैन । बाढीका कारण तामाकोसी किनारमा लाश जलाउनसमेत कठिनाइ हुन थालेको स्थानीय मनबहादुर कार्कीले बताउनुभयो ।


बढी बिजुली चाहिँदा माथिल्लो तामाकोशीले आफ्नो छुट्टै जलाशय खोल्ने गरेको छ । बिहान र बेलुका प्राधिकरणलाई बढी बिजुली आवश्यक पर्छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता मित्र मणी पोखरेलका अनुसार आयोजनाको जलाशयमा जम्मा भएको पानी विद्युत् उत्पादनका लागि खोल्दा जलाशय बढीमा ५ मिटरसम्मको पानी घट्ने गरेको छ । ५ मिटर जलाशयको पानी घट्नु भनेको तामाकोशीमा हुने जलप्रवाहमा पानीको मात्रा अस्वभाविक बढ्नु हो । माथिल्लो तामाकोशीले बढी बिजुली चाहिँदा आयोजनाको जलाशय खोल्ने गरेको छ ।


बिहान र बेलुका प्राधिकरणलाई बढी बिजुली आवश्यक पर्छ । त्यसबेला प्राधिकरणको भारप्रेषण केन्द्रको निर्देशन र मागबमोजिम जलाशयको पानी खोलेर बिजुली उत्पादन गर्ने गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता पोखरेलले बताएका छन् ।

केन्द्रले ४ सय ५६ मेघावाट माग्दा जलाशयको पानी प्रयोग हुने भएकाले त्यसबेला तामाकोशीमा पानीको बहाव बढ्ने पोखरेलले जानकारी दिए । समुद्री सतहबाट १ हजार ९ सय ८२ मिटरको उचाइमा रहेको आयोजनाको २२ मिटर लामो बाँधमा १ हजार ९ सय ८७ मिटर उचाइसम्म पानी जम्मा गर्ने गरिएको छ । संकटका बेला त्यहि पानी खोलेर उत्पादनलाई पूर्ण क्षमता दिइने गरिएको छ ।

आयोजनाभन्दा तल दोलखा र रामेछाप जिल्लाका नदी किनारमा बसोबास गर्ने सर्वसाधारण; माछा मार्ने, नुहाउन जाने र शव जलाउन जानेहरू बाढीका कारण प्रभावित हुन थालेको जानकारी आफूले पहिलो पटक पाएको पोखरेलले बताएका छन् । तर लास जलाउन समस्या भएको बारे आपूmलाई जानकारी नभएको बताए नदीमा आउन सक्ने बाढीका बारेमा सार्वजनिक सूचनासमेत जारी गर्नुपर्ने अवस्था देखिएको पोखरेलले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कलिलैमा विवाह गर्छन् थामी (भिडियो सहित)

Next Post

समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको छ- नगर प्रमुख बस्नेत

Next Post
समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको छ- नगर प्रमुख बस्नेत

समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको छ- नगर प्रमुख बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.