Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको छ- नगर प्रमुख बस्नेत

Kumar Shrestha by Kumar Shrestha
April 4, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको छ- नगर प्रमुख बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् । मन्थली नगरपालिकाको वडा नं ६ को कुनौरिमा राष्टिय मानब अधिकार आयोगद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले अहिले पनि समाजका अगुवा हरुबाटै जातिय विभेद हुने गरेको बताएका हुन् ।

नगर प्रमुख बस्नेतले कार्यक्रममा बोल्दै समाजका अगुवाहरुले ठुला ठुला कुरा गर्ने अनी ब्यवारमा लागु नगर्ने गरेको बताए ।  उनले लामो समय देखि आफु परिवर्तनका लागि लडेको स्मरण गर्दे अहिले पनि समाजमा जातिय बिभेद कायमै रहेकोले यस्तो छुट कसैलाई नभएको बताएका छन् ।

नगरप्रमुख बस्नेतले संघियताको कार्यान्वयनको पाँच बर्ष पुरा भैसक्दा पनि समाजमा जातिय छुवा छुत कायमै रहेको भन्दै यसले मुक्ति पाउन एक सय बर्ष लाग्ने पनि बताए । प्रमुख बस्नेतले कानुन भन्दा माथि उठ्ने छुट कसै लाई पनि नभएकोले कसैलाइ पनि त्यतिकै छोड्न नहुने बताएका छन् ।

कार्यक्रममा नेपाल बार एसोसियसनका जिल्ला अध्यक्ष विचार सिंह दोङ्गले राज्य पक्ष र नागरिक अगुवाहरु बाटै जातिय विभेद गरेको भन्दै यसका विरुद्ध सबै क्षेत्रले आबाज उठाउनु पर्ने पनि बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जातिय छुवा छुतका घटना घट्नुमा समाजका सबै पक्षका अगुवाहरुको पनि उत्तिकै हात रहेकोले यसको न्युनिकरणका लागि सबै ईमान्दार हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा मानब अधिकारकर्मि एबं पत्रकार हिमाल ढुंगेलले भलुवाजोरमा भएको पछिल्लो घटनाले समाजमा जातिय छुवा छुतको अबस्थलाई उदाँगो बनाएको बताए । कार्यक्रममा आयोगका प्रतिनिधिहरुले नेपालमा जातिय छुवाछुतको अबस्था र कानूनी अबस्थाको बारेमा जानकारी गराएका थिए । सो अबसरमा अधिकारकर्मि गम्भिर विकले जातिय विभेदका लागि कानुनमा कडाई भएको भएपनि ब्यवहारमा हुने जातिय छुवा छुतले आम दलितहरुको आत्मा सम्मानमा चोट पुगेको बताए।

जातीय बिभेद सम्बन्धी सम्यन्त्र र बर्तमान अबस्था बिषयक अन्तरक्रिया कार्यक्रममा प्रशासन कार्यालयका प्रशासकिय अधिकुत सुनिता थापा, कार्यक्रममा आयोजक संस्था राष्टिय मानब अधिकार आयोगका प्रतिनिधिहरु अधिकारकर्मि गोपाल नेपाली,लेख बहादुर विक लगाएतका सरोकारवालाहरुले पनि आ आफनो धारणा राखेका थिए । कार्यक्रममा सहभागी सरोकारवालाले समाजमा अहिले पनि जातिय विभेद कायमै रहेको बतएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

माथिल्लो तामाकोशी जलविद्युतको कारण लास जलाउनै कठिन

Next Post

मह काडेपछि हात चाट्ने नेतृत्व चुनौँ, माहुरिको मह सहित घार नै खाने नेताबाट बचौँ

Next Post
मह काडेपछि हात चाट्ने नेतृत्व चुनौँ, माहुरिको मह सहित घार नै खाने नेताबाट बचौँ

मह काडेपछि हात चाट्ने नेतृत्व चुनौँ, माहुरिको मह सहित घार नै खाने नेताबाट बचौँ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.