रामेछाप। मन्थली नगरपालिकाले सञ्चालन गरेको निशुल्क मिर्गौला परिक्षण अभियानमा २० हजार भन्दा बढिले मिर्गौला परिक्षण गराएका छन् । मन्थली नगरपालिकाले स्वस्थ मिगौला,स्वस्थ मन्थली भन्ने मुल नाराको साथ सुरु गरेको अभियानमा बिस हजार बढिले मिर्गौला परिक्षण गराएका हुन् ।
हालै सकिएको जनगणनालाई आधार मान्ने हो भने मन्थली नगरका ५८ प्रतिशत नागरिकले मिर्गौला परिक्षण गरेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल बताउँछन् । उनि भन्छन् – ओमिक्रोनका कारणले सोचेझै नागरिकको सेवा गर्न सकेनौ ।
आगामी दिनमा पनि निशुल्क मिर्गौला परिक्षण अभियानलाइ निरन्तता दिने नगरप्रमुख रमेशकुमार बस्नेतले बताए । उनले भने परिक्षण गराउन छुटेका नगरबासीले आगामी दिनमा निशुल्क मिर्गौला परिक्षण गराउन सक्नेछन । नगरवासी स्वस्थ भए मात्र नगरको विकास हुने सक्छ ।
एक चोटि गरिएको मिर्गौला परिक्षणले स्वस्थ मिर्गौला हुनेकुरामा ढुक्क नहुन निशुल्क मिर्गौला परिक्षण अभियानका अभियान्ता डाक्टर ऋिषिकुमार काफ्लेले बताए । उनले भने नगरपालिकाले अब अर्को चरणको कार्यक्रम पनि छिट्टै सुरु गर्न पर्छ । नगरले मिर्गौला विशेषज्ञ ल्याएर यहि उनिहरूको उपचार गर्ने अभियानमा समेत लाग्न पर्छ ।
निशुल्क मिर्गौला परिक्षण अभियान कार्यक्रम नेपालभरका स्थानिय तहहरु मध्यको पहिलो भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब फुँयाल जानकारी बताए । फ्युयालले भने यो अभियानबाट २० हजार ७ सय ९१ जनाले सेवा लिनु भयो । जसमध्ये थप जाँच गर्न पर्ने २ हजार १ जना भेटियो । यहु अभियानमा ९ सय जनाले थप जाँच समेत गर्नु भयो । थप जाँच गरेको मध्ये २८ जनाको मिर्गौलामा समस्या देखिएकोले काठमाण्डे रिफर गरिएको छ ।