Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हावाहुरी र वर्षाले गाउँ तहसनहस

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
हावाहुरी र वर्षाले  गाउँ तहसनहस
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । शनिवार राति चलेको हावाहुरी र वर्षाले गाउँ नै तहसनहस बनाएको छ । बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ भने १ सय ५० भन्दा बढी घरका केहिमात्रामा छाना उडाउनका साथै घरमा समेत क्षती पुगेको छ । हावाहुरिका कारण एक जना घाइते भएका छन् । घाइते भएकी ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागी मन्थली लगिएको स्थानिय संतोष सोडारीले बताए ।

हावा हुन्डरी संगैको वर्षाले घरमा भएको धान मकै कोदो गहुँ लगाएत अन्न बाली सबै भिजेको छ ।केहि अन्न पानीले भिजेका कारण कामै नलाग्ने भएको छ । हुरिले ३ वटा पसलको छाना उडाउदा पसलमा रहेको समान भिजेर नष्ट भएको दिलिप बुढाथोकी बताउँछन् । दिलिप बुढाथोकी भन्छन – दुखसुख गरेर जोरजाम गरेको पैसाले सानो व्यवसाय सुरु गरेका थियौ, त्यो पनि दैवले देखि सहेन । अब फेरि कसरि सुरु गर्नु यो व्यवसाय ?

हुरिका कारण ४ सय बर्ष भन्दा पुराना रुखहरु समेत उखालिएको छ ।गाउँमा रहेका धेरै रुख बिरुवाहरुको हागाँ भाँचिएर घर थिचेको छ भने सडक समेत अवरुद्ध बनेको छ । आफुले थाहा भए देखि यस्तो हावाहुरि नआएको ९१ वर्षीय जयलक्ष्मी श्रेष्ठ बताउँछिन । श्रेष्ठ भन्छीन् – राती उडाएर लैजाला जस्तो गर्यो । धेरै डर पनि लाग्यो । हुरि र वर्षाले घर लडाएर थिच्ला जस्तै गर्यो । सोँचे आज मरिन्छ । तर बाँचियो । बिहान उठेर यता उता हेर्दा त घरका छानाहरू केहि बाँकी रहेनछ ।
हुरिका कारणले गेलुका नागरिकलाई परेको पीडा प्रति मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेत दुख व्यक्त गरे । उनले भने – नगरपालिकाले क्षतिको पूर्ण विवरण संकलन गरिसकेको छैन । भोलि सम्म नगरले विवरण संकलनको काम सक्नेछ । आफ्ना नागरिकको यो पीडामा मल्हम लगाउने गरि नगरपालिका सहयोग गर्न तयार छ ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय, र सशस्त्र प्रहरी बल रामेछापको टोलीले उद्दार गर्नको साथै घर घरमा गएर घट्नाको बिबरण संकलन गरिरहेको प्रहरि नायब उपरिक्षक राजकुमार थिङले बताए ।
रेडक्रस रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठको नेतृत्वमा गएको रेडक्रसको टिमले पिडितको घर घरमा गएर त्रिपाल बाँडेको छ । हाललाई छानो नहुने परिवारका लागि केहि राहत पुगोस् भनेर तत्काल त्रीपाल दिएको श्रेष्ठ बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बिस हजार बढिले गराए निशुल्क मिगौला परिक्षण

Next Post

एमाले संग गठबन्धन  हुन सक्छ -कमल थापा

Next Post
एमाले संग गठबन्धन  हुन सक्छ -कमल थापा

एमाले संग गठबन्धन  हुन सक्छ -कमल थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.