Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिक्षा, स्वास्थ्य र खानेपानी – समृद्ध नगरवासीको जिन्दगानी – लबश्री न्यौपाने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
शिक्षा, स्वास्थ्य र खानेपानी – समृद्ध नगरवासीको जिन्दगानी – लबश्री न्यौपाने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेसका तर्फबाट रामेछाप नगरपालिकाका प्रमुख पदका उमेद्वार लबश्री न्यौपानेले शिक्षाको विकास विना अन्य कुनै पनि विकास दिर्घजीवी नहुने भएकोले शिक्षाको विकाशका लागि थप प्रकृया अघि बढाईने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसका लागि उनले गुणस्तरिय र प्राविधिक शिक्षाको विकासलाई जोडदिदै बेरोजगारी समस्या समाधानको  विषयलाई पनि उनले प्रतिबद्धता पत्रमा जोड दिएका छन् । त्यसका लागि बेरोजगार युवाहरुको छुट्टै तथ्याँक संकलन गरि उनिहरुको क्षमता विकास र विभिन्न सिपमुलक  तालिम संचालन गरि कृषि उत्पादनलाई जोडदिने र तालीम प्राप्तहरुलाई नगरपालीका मार्फत सर्बसुलभ रुपमा क्रण दिने ब्यवस्थालाई पनि कार्यान्वयन गरिने छ  ।

न्यौपानेले निर्वाचन जितेमा आगामी ५ बर्ष भित्र प्रत्यक नगरवासीका घर घरमा खानेपानीको धारा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

उनले त्यसका लागि स्थानिय स्तरमा संभावित खानेपानीका मुहानको पहिचान गरि मुहान नभएका ठाउँहरुमा सुनकोशी तथा लिखु नदिको पानिलाई लिफटको माध्यमबाट घर घरमा पुर्याएर काकाकुल नगरबासिहरुलाई स्वच्छ खानेपानीको समस्यालाई समाधान गर्नको लागि स्थानिय स्तरको अलाबा प्रदेश र संघिय सरकार संगको सम्बन्धलाई थप कसिलो बनाउँदै लंजाने र त्यसको दिर्घकालीन समस्या समाधान गर्न ब्यवस्था मिलाईने पनि उनले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

त्यस बाहेक उनले आफनो प्रतिबद्धता पत्रमा सबै वडाहरुलाई नगरमुकाम र सदरमुकाम जोड्ने बाटाहरुको स्तरोन्नोती गरि आबश्यक्ताका आधारमा  बाह्रै महिना सहज रुपमा यातायातको साधन चल्न सक्ने ब्यवस्था मिलाईने कुरा पनि उल्लोख गरेका छन्  । यसैगरि नगरपालीकाका सबै खाले गौरबका योजनाहरुलाईै निरन्तरता दिंदै,नगरपालीका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाइ पनि प्रमुखताका आधारमा संरक्षण गर्दे अगाडि बढिने निति अबलम्बन गरिने कुरालाई पनि न्यौपानेले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

नगरको दिर्घकालीन विकासकालागि खानेपानी, सडक ,गुणस्तरिय शिक्षा,स्वास्थ रोजगारी,कृषि तथा पर्यटनको विषयलाई मुख्य एजेण्डाको रुपमा न्यौपानेको ७० बुदे प्रतिबद्धता पत्रमा छ  ।

नेपाली काँग्रेस रामेछापका पुर्व सभापति ,महाधिबेसन प्रतिनिधी हुँदै नेपाल किसान संघका केन्द्रिय महासचिबको समेत जिम्मेवारी सकुशल पु्रागरि सकेका न्यौपानेले जिल्लामा साधगि नेताको रुपमा आफनो पहिचान बनाएका छन् ।

उनले आफनो कार्यकालमा सदरमुकाम मन्थलीमा करिब ३ करोडको लागतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आफनै भबन समेत निर्माण गरिदिएका छन्  । सादा जीवन उच्च विचार र नैतिकवान नेताको रुपमा परिचित नेता न्यौपानेले पटक पटक जेल जीवन समेत विताएका छन् ।

परिवर्तनमै समाहित भएबापत उनका पीता पंण्डित राम प्रसाद न्यौपाने,पद्म शंकर अधिकारी,पंडित टंक नाथ पौडेल, लगायका अग्रजहरुले जयतु संस्कृतं आन्दोलनमा लागेवापत  तत्कालीन राणा शासकले टाउकामा चारपाटा हानेर देश निकाला हुनु परेको थियो ।  कठिन परिस्थीतिमा पनि  परिबर्तन  र प्रजातान्त्रीक आन्दोलनलाई  आफनो प्राण बायु जस्तै बनाएर निरन्तर राजनितिक यात्रामा लाग्दै आएका न्यौपानेको योगदानलाई यस पटक नगरवासीले पनि मुख्याँकन गर्नै बेला आएको जानकार हरुले बताएका छन्  ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा चुनाव प्रचारप्रसार तिव्र

Next Post

खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकामा कांग्रेस र नेकपा माओवादीको तालमेल

Next Post
खाँडादेवी   र दोरम्बा शैलुङ गाउँपालिकामा कांग्रेस र नेकपा माओवादीको तालमेल

खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकामा कांग्रेस र नेकपा माओवादीको तालमेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...