रामेछापमा सत्ता गठबन्धनबीच जिल्ला समन्वय समितिको निर्वाचनका लागि सहमति भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीबीच भागवण्डामा सहमति जुटेको हो ।
आज भएको कांग्रेस र माओवादीको बैठकले प्रमुखसहित कांग्रेसले चार सदस्य लिने र माओवादीले उपप्रमुखसहित पाँच सदस्य लिने सहमति भएको छ ।
आज कांग्रेस सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र माओवादी रामेछापका जिल्ला संयोजक एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानबीच सिट बाँडफाँड सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यसैबीच कांग्रेसले जिसस प्रमुखमा उमाकुण्ड गाउँपालिका–२ बाम्तीका चिना कार्की खड्कालाई उम्मेदवार बनाएको छ भने माओवादीले सुनापति गाउँपालिका–५ का प्रेम सागर खड्कालाई उपप्रमुख बनाउने निर्णय गरेको छ । जिससको चुनाव यही जेठ २९ गते हुँदैछ ।