गोकुलगंगा गाउपालिकाको बजेट ७१ करोड ६४ लाख बढी


रामेछाप । गोकुलगंगा गाउपालिकाले ७१ करोड ६४ लाख ९९ हजारको बजेठ सार्वजनिक गरेको छ ।

गाउपालिकाकि उपाध्यक्ष उषा कार्कीले शुक्रबार दोस्रो गाउसभा तथा ११ औं अधिबेशन मार्फत बजेट सार्वजनिक गरेको हो ।

गाउपालिकाले आर्थिक बर्ष ०७९/०८० को बजेटमा शिक्षा ,स्वास्थ ,कृषि ,र पुर्बधार हाम्रो गाउँपालिकाको मुख्य आधार र हाम्रो दाहित्व अठोट र प्रतिबद्धता गाउपालिका बिकासमा सबैको ऐक्यबद्धता भन्ने मुल नारा अघि सारेको छ ।

उपप्रमुख कार्किले आर्थिक बिकास तर्फ १ करोड १८ लाख , सामाजिक बिकास तर्फ चार करोड ७५ लाख ,पुर्बाधार कार्यक्रम तर्फ ७ करोड ९७ लाख,बन बाताबरण तथा विपत व्यबस्थापन तर्फ १ करोड ३५ लाख,सुशासन तथा संंस्थाथागत बिकास तर्फ १ करोड र वडा कार्यलाय ७ करोड २५ लाख बजेट बिनियोजन गरेको उपाध्यक्ष कार्किले सार्वजनिक गरेको छ ।

तपाईको प्रतिकृया दिनुहोस्