Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

Kumar Shrestha by Kumar Shrestha
June 24, 2022
in समाचार
0
मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ४० करोड ७८ लाखको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले स्वास्थ्य, शिक्षा,कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, लक्षित वर्ग कार्यक्रम, रोजगारी सिर्जना र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

शुक्रबार नगरसभाको ११ औँ नगर अधिवेशनमा नगरप्रमुख लब श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, विद्यालयमा सिक्दै कमाउदै र वडा स्तरबाट नै अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गरिने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

एकीकृत सम्पत्ती करमा १० प्रतिशत कटौती गरी कर समायोजन गर्ने, नगरभित्र नै कृषि तथा पशु प्राविधिक जनशक्ति उत्पादन तथा परिचालनका लागि कृषि र भेटेरिनरी बिषयमा (डिप्लोमा) अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा एक देखि नै गणित लगायतका प्रमुख बिषय अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने, विद्यार्थीसँग स्वास्थ्यकर्मी र किशोरीसँग नर्स कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

नगरसभामा मन्थली नगरकी उपप्रमुख इश्वरी बस्नेतले एक अर्ब ४० करोड ७८ लाख ५३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ९६ करोड २७ लाख ३ हजार र पूँजीगत तर्फ ४४ करोड ५१ लाख ५० हजार रुपियाँ रहेको छ । बाँडफाँड गर्न मिल्ने ५६ करोड ८ लाख ११ हजार रकम विनियोजन गरिएकोमा चालुतर्फ २६ करोड २८ लाख ७१ हजार र पूँजीगततर्फ ३० करोड ५ लाख ५१ हजार रहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गोकुलगंगा गाउपालिकाको बजेट ७१ करोड ६४ लाख बढी

Next Post

सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Next Post
सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.