Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

करार कर्मचारीको म्याद थप नगर्ने लिखु तामाकोसी गाउँपालिकाको निर्णय

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
गाउँपालिकाको केन्द्रमा नै अस्पताल बन्छ– अध्यक्ष खड्का
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले असार मसान्तबाट करार कर्मचारीको म्याद थप नगर्ने भएको छ।

गत बिहीबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगराउन निर्देशन दिने निर्णय गरेको हो।

पालिकाले संघ र प्रदेशबाट नाम निकालेर आएका करारका कर्मचारीलाई समेत निकाल्ने तयारी गरेको छ। बिना कारण करार कर्मचारी हटाउने निर्णय गरेको भन्दै उनीहरु असन्तुष्ट बनेका छन्।

बैठकले लिखु तामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा विज्ञापन आव्हान भएका पदहरुको पदपूर्ति प्रक्रिया हालसम्म नभएको भन्दै विज्ञापन रद्ध गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले गाउँपालिका अन्तर्गतका रिक्त रहेका प्राविधिक, पदहरुको विज्ञापन आव्हान गरी पदपूर्ति प्रकिया अगाडि बढाउने निर्णय समेत गरेको छ। इन्जिनियर सिभिल, कृषि विकास अधिकृत, पशु विकास अधिकृत तह, प्राविधिक सहायक, सब(ईन्जिनियर, रोजगार संयोजक, प्रशासन सहायक हलुका सवारी चालकलगायतका पदमा २३ जना र स्वास्थ्य सेवा अन्तर्गतका सम्पूर्ण रिक्त दरबन्दी पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।

अफ्ठ्यारो समयामा समाल्हे साहले पालिका
अघिल्लो जनप्रतिनिधिले पालिका लथालिङ्ग पार्दा आट गरेर पालिका सम्हालेको निमित्त कार्यकारी अधिकृत नवीन साह बताउछन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा पाँचौं तहका साहलाई निमित्तको जिम्मेवारी दिइएको थियो। ‘सुचनापाना’ सग केही समय अगाडि कुरा गर्दा निमित्त कार्यकारी अधिकृत साहले भनेका थिए, ‘पालिकामा दक्ष कामदार भएनन।’ त्यसको केही दिन पछि नै पालिकाले गरेको करार कर्मचारी हाजिर नगराउने निर्णयले अब पालिकाको प्रशासन तथा कर्मचारी व्यवस्थापन अब्बल हुने देखिन्छ। शाह भन्छन्, ‘मैले निमित्त प्रशासकीय प्रमुख भएर पालिका सम्हालिरहको अवस्थामा यदि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाइदिने हो भने लिखु तामाकोशी गाउँपालिकामा हुने प्रशासनिक र विकासका कामहरुमा अझ सहजता हुने थियो ।’ लिखु तामाकोसी गाउँपालिकामा भएको कर्मचारी अभावलाई मन्त्रालयले सम्बोधन गरेर कर्मचारी व्यवस्थापनमा सहयोग गरिदिन शाहले अनुरोध पनि गरेका छन् ।

भिडियो सहित:

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

लुभु बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

Next Post

प्रहरी कार्यालयको नागरिक सुनुवाई, एक वर्षमा सवारी दुर्घटनामा परि २२ जनाको मृत्यु

Next Post
प्रहरी कार्यालयको नागरिक सुनुवाई, एक वर्षमा सवारी दुर्घटनामा परि  २२ जनाको मृत्यु

प्रहरी कार्यालयको नागरिक सुनुवाई, एक वर्षमा सवारी दुर्घटनामा परि २२ जनाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...