Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरी कार्यालयको नागरिक सुनुवाई, एक वर्षमा सवारी दुर्घटनामा परि २२ जनाको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
प्रहरी कार्यालयको नागरिक सुनुवाई, एक वर्षमा सवारी दुर्घटनामा परि  २२ जनाको मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला प्रहरी कार्यालयले मन्थलीमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरि एक बर्षको विचमा भए गरेका प्रगति तथा विभिन्न आपराधिक घटना विवरण र तिनका न्युनिकरणका लागि प्रहरिले गरेको प्रयासका बारेमा जिल्ला प्रहरि प्रमुख डिएसपी राजकुमार थिङले आफनो प्रस्तुति मार्फत जानकारी गराए ।

रामेछापमा आर्थिक वर्ष ०७८/०७९ मा बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । जिल्ला भर भएको ३३ दुर्घटनामा परी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सो अवसरमा रामेछापमा ३३ स्थानमा भएको सवारी दुर्घटनामा परी २२ जना नागरिकले ज्यान गुमाएको जानकारी दिए । प्रहरी नायव उपरिक्षक थिङले एक वर्षको अवधिमा जिल्लाभरमा भएको दुर्घटनामा ९८ जना घाइते भएको र असारमा मात्र एकै सवारी दुर्घटना १३ जनाले ज्यान गुमाएको जानकारी पनि गराए ।
कार्यक्रमको अवसरमा डिएसपी थिङले जिल्ला प्रहरी कार्यालय रामेछाप जनशक्तिको अभाबमा पनि नागरिकको गुनासो सम्बोधन गरिरहेको बताए । जनशक्ति कमि भएका कारण रामेछाप प्रहरिले ६१ प्रतिशत जनशक्तिका भरमा मात्र काम चलाउँदै आएको छ । तालुकदार कार्यालयले जिल्लबाट पटक पटकको गुनासो सम्बोधन नभएपछि जिल्लाले कुल संख्याको ६१ प्रतिशत जनशक्तिका भरमा आफनो काममा सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रमा प्रमुख थिङले सबै बस्तुगत तथ्याँक प्रस्तुत गर्दे आफु संग थोरै जनशक्ति भएको भएपनि भरसक उक्त जनशक्तिलाई नागरीक — प्रहरी मैत्री बनाउने प्रयास गरिएको जानकारी पनि गराए । सिमित जनशक्ति र स्रोत सधनको बाबजुद पनि आफुले प्रहरि शक्तिलाई शान्ति सुरक्षा र अमन चयनका लागि अहोरात्र परिचालन गरिएको जानकारी पनि गराए ।
सो क्रममा उनले जिल्ला भरका विभिन्न ३४ वटा ईकाई मार्फत प्रहरिले सेवा प्रबाह गरि रहेको जानकारी पनि गराए । जिल्ला प्रहरि कार्यालयमा हाल ४ सय ५६ वटा दरबन्दि रहेको र दरबन्दि अनुसार पदपुर्ति नहुँदा काम तामेलिमा भने निकै कठिन भएको जानकारी पनि प्रहरी प्रमुखले गराए ।
यसरी ६१ प्रतशत मात्र जनशक्तिका भरमा काम गर्नु पर्दा प्रहरीका सामु चुनौतिका चाङ्ग रहेको भएपनि नागरिक समाज संगको सहकार्यमा प्रहरिले कष्टका साथ काम गर्दे आएको जानकारी पनि उनले कार्यक्रमका अबसरमा गराए ।
त्यसैगरि उनले चालु आबमा ४५ जनाले आत्मा हत्या गरेका र आत्मा हत्या गर्नेमा ४० वर्ष मुनिका मात्र २८ जना रहेको तथ्याँक पनि पेश गरे । आत्महत्या गर्ने ह?मा १८ वर्ष मुनिका ७ जना, १९–२५ उमेर समुहका १२ जना, २६–४० का ९ जना, ४१ – ६५ उमेर समुहका १२ जना र ६६ भन्दा माथि उमेर समहका ५ जनाले आत्महत्या गरेका छन् । आत्माहत्या गर्नेह?मा बालिका १, बालक ३, महिला २१ र २० पु?ष रहेका छन् ।
४५ आत्माहत्या मध्ये ३८ वटा आत्महत्याको कारण खुल्न सकेको छैन । कारण खुलेका ७ वटा मध्ये घरझगडाका कारण ३ ,प्रेममा असफलता १, घरायसी समस्या १,मादक पदार्थ सेवन १ र १ जना अन्धविश्वासका कारणबाट आत्महत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक थिङ्ले जानकारी दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी को अध्यक्षतामा भएकोे उक्त कार्यक्रमका सहभागिह?ले प्रहरी नागरिकको संबन्ध नङ र मासुको जस्तै हुनु पर्नै भन्दै प्रहरिले सिमित जनशक्तिका बावजुद पनि जिल्लाको शान्ति सुरक्षा र अमन चैनमा पुर्याएको योगदानको प्रशंसा पनि गरे ।
सहभागि नागरिक अगुुवा ह?ले प्रहरि गस्ति लाई अ? प्रभाबकारी बनाउनु पर्ने र यस खालको अन्र्तक्रियालाई पालिका संगको सहकार्यमा गाउँ गाउँ सम्म पुर्याउनु पर्ने,यौन हिंसा र बालवालीकाको बट्दो दुब्र्यसन न्युनिकरणका लागि प्रहरी ,स्थानिय सरकार र विद्यालय लाई अ? सक्रिय बनाउनु पर्ने लगायतका दर्जन जति सुझाब दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले अध्यक्षताको आसन बाट बोल्दै सिमित जन शक्ति र साधनका विच पनि प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै काम गरेको भन्दै उसको कामको सह्ना गरे । उनले प्रहरी र नागरिक मैत्री सम्बन्धले मात्र शुसासनमा टेवा पुग्ने भन्दै यसका लागि सहयोग गर्न पनि सबै पक्ष संग आग्रह गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिकिो ?पमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले नागरिकको सुरक्षाको लागि खटिएको प्रहरिको मनोवल उचो बनाउन सबै पक्षको सहयोग आबश्यक पर्नै भन्दै यसका लागि नगरपालिका पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

करार कर्मचारीको म्याद थप नगर्ने लिखु तामाकोसी गाउँपालिकाको निर्णय

Next Post

पार्टी सभापति बर्खास्तीको माग गर्दै रामेछाप कांग्रेसको विवाद केन्द्रमा

Next Post
पार्टी सभापति बर्खास्तीको माग गर्दै रामेछाप कांग्रेसको विवाद केन्द्रमा

पार्टी सभापति बर्खास्तीको माग गर्दै रामेछाप कांग्रेसको विवाद केन्द्रमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.