रामेछाप । नेपाली कांग्रेस रामेछापको विवाद पार्टी केन्द्रमा पुगेको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामले पार्टी विधान विपरीत मनलाग्दी गरेको र पार्टी नेताहरूलाई अपमानित गर्ने गरेको भन्दै उनको बर्खास्तीको निवेदन पार्टी केन्द्रमा पुगेको हो ।
पार्टि सभापती तामाङ एकलौटी ढंगबाट चलेको र पार्टिका नेता तथा कार्यकर्ताको व्यवास्था गर्दै अलोकतान्त्रिक र अराजनीतीक ढंगले चलेको कार्वापत्रमा उल्लेख छ ।
रामेछाका अधिकांश नेताहरुले १९ वटा सभापतीको कम्जोरी सहित बुधबार केन्द्रिय कार्यालय पुगेका हुन् । बिरोध पत्रमा सभापतीको कार्यशैली अलोकतान्त्रिक, अराजजनीतीक, अराजक, सम्प्रदायिक भाव बाट ओतप्रोत भएका कारण गएको स्थानिय तहको निर्वाचनमा पार्टिलाई अपुरणीय क्षती भएको उल्लेख गरेको छ ।
जिल्लाका पुर्व जिल्ला सभापतीहरु, पदाधिकारी, महासमिती सदस्यहरु, महाधिबेसन प्रतिनीधीहरु, जिल्ला कार्यसमिती ,प्रदेश सभापतीहरु,पार्टिका भातृ संस्थाका प्रमुखहरु गरी ३५ जनाले आज केन्द्रिय कार्यलयमा सभापती तामाङलाई सभापती पदबाट बर्खास्त गर्न माग गर्दै पत्र बुझाएको छ । यस अघि २५ जना जिल्ला कार्यसमिती सदस्यहरुले पनी सभापती तामाङको बिरुद्धमा ज्ञापन पत्र बुझाई सकेको छ ।