Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ- प्रकाशमान

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना  छ- प्रकाशमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्। उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए।

उनले शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

उनले असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए। नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा कांग्रेसले नेतृत्व गर्ने जिकिर गरे।

उनले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गरे ।

‘नेपालको प्रगतिलाई अघि बढाउनको लागि ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ । प्रदूषणको कारणले गर्दा मानवजातिले कल्पना नै नगरेको समस्या भोग्नुपरिरहेको छ । नेपालका विज्ञहरु हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ । ग्रिन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो । यस्ता कुरामा हामीले ध्यान दिन जरुरी छ’, उनले भने।

देशको अर्थतन्त्र एकैपटक माथि उठाउन सक्ने हाइड्राको उत्पादनका कुरामा ध्यान दिन जरुरी रहेको उनले बताए। ‘मैले नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु। जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले नेतृत्व खेलेको छ अब प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा कांग्रेसले लिड गर्छ’, उनले भने।

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताए। उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए।

नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने जिकिर गरे।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राबाबैक मन्थलीद्धारा एसइई उर्तिर्ण विद्यार्थिलाई सम्मान

Next Post

गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको मृत्यु

Next Post
गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको मृत्यु

गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.