Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माधव नेपालको कडा निर्देशन– ओलिलाई मुखभरिको जवाफ दिनोस्, राम्रो कुरा नगर्नोस्,

जनता भ्वाइस by जनता भ्वाइस
August 20, 2022
in जनता स्पेसल, समाचार
0
माधव नेपालको कडा निर्देशन– ओलिलाई मुखभरिको जवाफ दिनोस्, राम्रो कुरा नगर्नोस्,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा उनले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टीपंक्तिलाई सचेत गराएका हुन् । ओलीबारे ‘पोजिटिभ’ हुने गरी प्रचार गरिए सैह्य नहुने उनको चेतावनी थियो ।

अध्यक्ष नेपालले ‘हामीलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरिको जवाफ दिन’ पार्टीका नेता–कार्यकर्तालाई सक्रिय हुन निर्देशन समेत दिए । उनले एमालेसँग मिल्न जाने कल्पना समेत गर्न नसकिने पटक–पटक दोहोर्‍याए ।

विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरूसँग एकताबद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको भन्दै उनले एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताए ।

“।।।हामीसँग कुरा मिल्ने, विचार मिल्नेहरूसँग एकताबद्ध हुनका लागि हामीले हात अगाडि बढाएका छौँ । हामी अरूसँग विलीन हुने होइन । हाम्रो विरोधीहरूले कुप्रचार गरिरहेका छन्, एमालेमा विलीन हुने भनेर । त्यसमा कुनै सत्यता छैन । हाम्रो पार्टी विचारको आधारमा उभिएको छ । हाम्रो पार्टी आदर्शको आधारमा उभिएको छ,” उनले भने, “त्यसो हुनाले एमालेले जेसुकै बोलोस् । त्यसका नेताहरूले हामीलाई जथाभावी आरोप लगाऊन्, त्यसको हामीले जवाफ दिन सक्नुपर्दछ । झुटको पुलिन्दा बाँडिरहेका छन् । जनतामा भ्रम फैल्याउने कोसिस गरिरहेका छन् । त्यो भ्रमलाई चिर्नुपर्छ हामीले । उनीहरूले लेख्छन् भने पनि काउन्टर जवाफ दिनुपर्छ हामीले । उनीहरूको महिमा गर्ने होइन । केपी ओलीका खुट्टा टाँसीटाँसी हिँड्ने पनि होइन । हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरूप्रति माया, दया गरेर बस्ने पनि होइन ।”

उनले थपे, “।।।एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन, जसले हामीलाई अपराधी घोषणा गरेको छ, जसले हामीलाई देशद्रोही भनेको छ, त्यस्ता नेताप्रति कुनै किसिमले पोजिटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नुहुन्छ भने कुरा बिग्रन्छ, म क्लियर गर्न चाहन्छु, त्यस्ता कुराहरूमा लाग्न जरुरी पनि छैन । बरु, खण्डन गर्ने, सिधै मुखभरिको जवाफ दिने । मुखभरिको जवाफ दिनु भएन भने रक्षात्मक भइन्छ । त्यस्ता मान्छेले केही पनि गर्न सक्दैन ।”

अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका ‘१० भाइ’हरूको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गरे । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरूले बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको उनको भनाइ थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

माओवादीको महासचिवमा देव गुरुङ चयन

Next Post

जनताको साथमा कांग्रेस अभियान सुरु

Next Post
जनताको साथमा कांग्रेस अभियान सुरु

जनताको साथमा कांग्रेस अभियान सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.