Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माओवादीको महासचिवमा देव गुरुङ चयन

जनता भ्वाइस by जनता भ्वाइस
August 20, 2022
in जनता स्पेसल, समाचार
0
माओवादीको महासचिवमा देव गुरुङ चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको पदाधिकारीले पूर्णता पाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकबाट पदाधिकारी चयन गरिएको हो ।

बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष कृष्णबहादुर महराले महासचिवमा देव गुरुङलाई चयन गरिएको जानकारी दिए ।

उनका अनुसार उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल चयन भएका छन् ।

यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे र डिलाराम आचार्य चयन भएका छन् । कोषाध्यक्षमा राम कार्की चयन भएका छन् ।

“हामीले विशेष महाधिवेशन गर्ने भनेका छौँ, विशेष महाधिवेशनसम्मका लागि पदाधिकारी चयन गरिएको हो,” उनले भने ।

पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय गरिए पनि त्यसको मिति भने पछि तय गरिने महराले बताए ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा ती नेताका प्रस्ताव गरेका थिए । बैठकबाट नाम पारित गरिएको हो ।

माओवादी केन्द्रको पदाधिकारीमा यसअघि अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा मात्र थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जब ‘हनी ट्रयाप’ मा फसे सुन व्यापारी, यस्ताे थियो घटना

Next Post

माधव नेपालको कडा निर्देशन– ओलिलाई मुखभरिको जवाफ दिनोस्, राम्रो कुरा नगर्नोस्,

Next Post
माधव नेपालको कडा निर्देशन– ओलिलाई मुखभरिको जवाफ दिनोस्, राम्रो कुरा नगर्नोस्,

माधव नेपालको कडा निर्देशन– ओलिलाई मुखभरिको जवाफ दिनोस्, राम्रो कुरा नगर्नोस्,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.